जिल्लाव्यापी फुट्सलमा विनायक शिक्षा निकेतन दोस्रो रनरअप
मंसिर १७, २०८२, बुधबार | राति ०९:४१ बजे | 65
मध्यपुर ठिमी भक्तपुर
यही मंसिर १६ र १७ गते जिल्ला प्याब्सन भक्तपुरद्वारा आयोजित जिल्ला स्तरीय फुट्सल प्रतियोगितामा मध्यपुर ठिमीको अग्रणी विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस स्कुल दोस्रो रनरअप बन्न सफल भएको छ। जिल्ला प्याब्सन भक्तपुरको आयोजनामा भक्तपुर जिल्लाकै चार वटै नगरपालिका बीच प्रतियोगिता गरी उत्कृष्ट चार चार टिम छनोट गरी जम्मा १६ वटा टिम बीच भएको प्रतियोगितामा विनायक शिक्षा निकेतनले ग्लोबल स्कुल सूर्यविनायक नगरपालिकालाई ३-० ले हराउँदै दोस्रो रनरअप बन्न सफल भएको हो। कार्यक्रममा प्रमुख अतिथि नेपाली राष्ट्रिय टिमका पूर्व क्याप्टेन उपेन्द्र मान सिंहले विद्यार्थीहरूलाई ट्रफी र मेडल प्रदान गर्नुभएको थियो। विजेता विद्यार्थीहरूलाई विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै प्रदेश स्तरीय प्रतियोगितामा छनोट हुन सफल भएकोमा खेलाडीहरुलाई अझ उत्कृष्ट खेल खेल्दै अगाडि बढ्न शुभकामना समेत दिनुभएको थियो।
