“सुबोधका गीतहरु ” युटुबसहित केही भजन तथा रास्टृय गीतको लोकार्पण सम्पन्न
मंसिर १७, २०८२, बुधबार | राति ०९:३९ बजे | 175
ललितपुर — सुबोध फाउण्डेशन यू.के.को आयोजनामा तयार गरिएको “सुबोधका गीत हरु ” युटुब सहित केही भजन तथा रास्टृय गीतको लोकार्पण समारोह बुधबार ललितपुरको चाकुपाटस्थित युनिभर्सल इञ्जिनियरिङ्ग एण्ड साइन्स कलेजमा सम्पन्न भएको छ। युवा पुस्तालाई सिर्जनात्मक लेखन, प्रेरणा र सकारात्मक सोचतर्फ अगाडि बढाउने उद्देश्यले फाउण्डेशनले यो Youtube channel सहित गीत सार्वजनिक गरेको हो। सार्बजनिक भएका सबै गीतका सङीत वरिष्ठ सङीतकार भुपेन्द्र रायामाझी को रहेको छ !! कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ संगीतकार प्रा. दीपक जंगम, तथा विशिष्ट अतिथि केशवराज राजभण्डारी र मुकुन्द प्रसाद तिमिल्सिनाज्यूहरूको उपस्थितिमा डायरीको औपचारिक लोकार्पण गरिएको थियो।वरिष्ठ गायिका ज्ञानु राणा को पनि अतिथिको रूपमा उपस्थिति रहेको थियो !! कार्यक्रम लाई लोकप्रिय गायक तथा संचारकर्मी कपिल कसपाल ले सफलता पुर्बक उत्कृष्ट ढङ्गले संचालन गर्नुभएको थियो !! समारोहमा गीतकार सुवोध तिमिल्सिनाद्वारा रचित भजन तथा स्वदेशगानहरूको सांगीतिक प्रस्तुति पनि गरिएको थियो। जसलाई चर्चित वरिष्ठ गायिका गायक गायिका ज्ञानु राणा,वरिष्ठ गायक बिजय नारायण मानन्धर, गायक सुबाश मन्डल,गायक कमल बिष्ट,बाल गायिका सान्वी यादव लगायत ले आफ्नो सुरिलो स्वर मार्फत मन्त्रमुग्ध बनाएका थिए !! कार्यक्रम मा वरिष्ठ गायिका ज्ञानु राणा ले आफ्ना पुराना गीत सुनाउदै सबैलाई भाबुक बनाउनु भएको थियो !! कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रा. जंगमले युवाहरूलाई सिर्जनशीलताबारे मार्गनिर्देशन गर्दै लेखन र गीत सङीत क्षेत्र देशलाई सम्बृद्ध बनाउने महत्वपूर्ण आधार हो भन्दै बेलायत बसेर पनि नेपाली गीत सङीत क्षेत्रमा योगदान पुर्याउनु भएको मा गीतकार सुबोध तिमिल्सिना को प्रसंशा गर्नु भयो । विशिष्ट अतिथि नेपाल सरकार का पुर्ब मुख्य सचीव तथा निर्वाचन आयुक्त केशव राज राजभण्डारी ले गीतकार तथा इन्जिनियर सुबोध को प्रसंशा गर्नु भएको थियो !! अर्का बिशिस्ट अतिथि सफल ब्यवसायी मुकुन्द प्रसाद तिमिल्सिना ले साहित्यिक र सांस्कृतिक उत्पादनमार्फत युवाहरूलाई सकारात्मक बाटोमा लैजान फाउण्डेशनले गरेको पहलको प्रशंसा गरे भने सबैलाई धन्यवाद पनि व्यक्त गर्नुभयो !! फाउण्डेशनका अध्यक्ष तथा गीतकार ई. सुवोध तिमिल्सिनाले आफ्ना गीत तथा भजनले युवालाई अनुशासन, नियमित लेखन तथा जीवनयात्राको अभिलेख राख्न प्रेरित गर्ने बताए!! फाउन्डेसन ले इन्जिनियरिङ क्षेत्र मा सामाजिक क्षात्रबृत्ति मार्फत जेहेन्दार बिद्यार्थी लाई सहयोग गरिरहेको र अब निकट भबिस्यमा नै पुल्चोक इन्जिनियरिङ जलेज सङ सम्झौता को चरणमा रहेको जानकारी गराउनु भयो !! बिश्व भरी रहेका अन्तर्राष्ट्रिय बिश्वबिद्यालय मा पनि क्षात्रबृत्ति उपलब्ध गराउने योजना पनि सुनाउनु भयो!! सबै ले "सुबोध का गीत हरु" youtube channel लाई माया गरिदिनुहुन पनि हार्दिक आग्रह गर्नु भयो !! कार्यक्रम मा कलाकार तथा श्रस्टा हरु लाई मायाको चिनो ले संमान गरिएको थियो !! कार्यक्रममा वरिष्ठ गीतकार प्रमोद ढुंगाना ,वरिष्ठ संचारकर्मी हेम सुवेदी , वरिष्ठ गीतकार गोपि कृष्ण थापा,वरिष्ठ पत्रकार प्रकाश गम्भीर सिंह रायमाझी ,गायक सरद पोखरेल,गायिका रितु कडेल,गायिका सङिता अधिकारी लगायत विभिन्न कलाकार, विद्यार्थी, समाजसेवी तथा दर्जनौँ आमन्त्रित अतिथिहरूको सहभागिता रहेको थियो।
