भक्तपुरको नलिञ्चोक हेलिप्याडमा भएको अनियमितता,अधिकारी नियन्त्रणमा


मंसिर १७, २०८२, बुधबार | साँझ ०४:५९ बजे | 370


भक्तपुरको नलिञ्चोक हेलिप्याडमा भएको अनियमितता,अधिकारी नियन्त्रणमा

नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनालाई विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । उनीहरूलाई प्रतिव्यक्ति १३ करोड ५७ लाख ४६ हजारको बिगो माग दावी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।  

भक्तपुरको नलिञ्चोक हेलिप्याडमा भएको अनियमिततालाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीसहित ७ जनामाथि विशेष अदालतमा अभियोग पत्र दायर गरेको हो ।

प्रदीप अधिकारीसहित निर्देशक मुरारी भण्डारी, उपप्रवन्धक इन्जिनियर समृद्धि श्रेष्ठ, प्रवन्धक नवलविक्रम थापा, केही कम्पनीका प्रतिनिधिलाई मुद्दा दायर गरिएको हो।

Comments