शुक्रबार सार्वजनिक विदा
माघ २८, २०७७, बुधबार | दिउँसो ०१:४७ बजे | 40
काठमाडौं । नेपाल सरकारले यहि माघ ३० गते सोनाम ल्होछारको उपलक्षमा सार्वजानिक विदा दिने भएको छ । तामाङ समुदायसँगै अन्य हिमाली समुदायले समेत मनाउने सोनाम ल्होछारको अवसरमा राष्ट्रिय रुपमा सार्वजानिक विदा दिने भएको हो ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले सोनाम ल्होछारका अवसरमा सार्वजानिक विदा दिने निर्णय गरेको युवा तथा खेलकुद मन्त्री दावा लामा तामाङले बताए । सरकारले तीन वर्षअघि ल्होछार लगायतका विभिन्न चाडपर्वमा दिईंदै आएको सार्वजानिक बिदा कटौती गरेको थियो । तामाङ समुदाय लगायत विभिन्न समुदायले बिदा कटौती नगर्न सरकारसँग माग गर्दै आएका थिए ।
सरकारले यसअघि पुस १५ गते मनाइएको तमु ल्होछारलाई पनि विदा दिइएको थियो । कोरोनाको जोखिम अझै कायम रहेकोले यो वर्ष ल्होछारमा विगतका वर्षहरुमा जस्तो काठमाडौंको टुँडिखेलमा खुला कार्यक्रम नगरी भर्चुअल माध्यमबाट कार्यक्रमहरु गर्ने र घरघरमा मनाउने तयारी भएको नेपाल तामाङ घेदुङले प्रेस सम्मेलन गरी जानकारी दिएका छन् ।
यो वर्ष मुसा वर्गलाई विदाई गरी गोरु वर्गको स्वागत गरिँदैछ ।