नेसनल प्याव्सन भक्तपुरको खेलकूद मेला हुदै


मंसिर १२, २०८२, शुक्रबार | राति ०८:२५ बजे | 95


नेसनल प्याव्सन भक्तपुरको खेलकूद मेला हुदै

नेसनल प्याव्सन भक्तपुरको आयोजनामा अन्तर विद्यालय खेलकूद प्रतियोगिता-२०८२ यहि मंसिर १५ गते देखि सुरु हुदैछ ! सदस्य विद्यालयहरु बीच हुने प्रतियोगितामा विभिन्न खेलहरु समावेश गरिएको छ । खेलकूद प्रतियोगितामा माध्यमिक र आधारभूत तहको छुट्टा छुट्टै छात्र फुटसल, माध्यमिक तह सम्मका छात्राहरुको भलिवल, माध्यमिक तह सम्मका छात्रहरुको टेवुल टेनिस र माध्यमिक तह सम्मको छात्र र छात्राको छुट्टा छुट्टै व्याडमिन्टन प्रतियोगिता सम्पन्न हुने जानकारी नेसनल प्याव्सन भक्तपुरका जिल्ला कार्यसमिति सदस्य एवं खेलकूद मेलाका संयोजक अनिश राईले जानकारी दिएका छन् । यस प्रकारको खेलकूद प्रतियोगिताले विद्यार्थीहरुलाई शारीरिक र मानसिक रुपमा दन्तुरुस्त राख्नुका साथै खेलप्रति रुचीले भविष्यमा राष्ट्रको लागि उत्कृष्ट खेलाडि तयार हुन सक्ने विश्वास लिइएको छ । खेलकूद प्रतियोगिता मंसिर १५ गते सुरु भई मंसिर १८ गते विजेता विद्यार्थी खेलाडिहरुलाई पुरस्कार वितरण गरी समापन गरिनेछ ।

 

Comments