सूर्यविनायकमा साहसिक खेल संचालन हुर्दै


माघ २८, २०७७, बुधबार | विहान ०२:३७ बजे | 55


सृष्टि सुवाल


भक्तपुर । सूर्यबिनायक नागरपालीकास्थित गुण्डूको घ्यामपेडाडा, रानिकोटमा स्काई साईकल, जीप लाइन र क्यानोपी स्काई साईकलको सफल परिक्षण गरिएको छ। साथै साहसिक खेलका रूपमा परिचित यि सबै खेलहरु एकैस्थानबाट अबको केहि दिनमा संचालनमा आउने छ।
घ्यामपेडाडा रानिकोट गढ़ी हावाघरबाट सुरु हुने यी साहसिक खेलहरु पाइलट बाबा आश्रम पछाडिको नया गाँउसम्म जान पुग्ने छ ।रानिकोट गढ़ी हावाघरमा एउटा पोल र पाइलट बाबा आश्रम पछाडि रहेको नयागाउमा अर्को पोल राखेर तारको माध्यम बाट प्रकितिक सौन्दर्य अवलोकम गर्दै यात्रा गर्ने गरी यो खेलहरु सुरु हुनेछ। यी सबै खेलहरु अबको एक महीनाभित्र संचालनमा आउने आयोजकले जानकरी दिएको छन।
[[img2]]
पदमार्ग, साईकलिंग,मनोरम हिमाल अवलोकन घूमफिर आदिको लागि प्रसिद्ध यो क्षेत्रमा जीपलाइन, स्काई साईकल,क्यानोपी स्काई साईकलको संचालन पछात आन्तरिक तथा बाहिरि पर्यटकहरु थप आकरसषित हुने र यसले समग्र  भक्तपुरको पर्यटन उद्योगमा सकारात्मक असर पार्ने बिश्वास लिइएको छ । (प्रशिक्षार्थी)

फाेटाेमा हेर्नुहाेस्...

Comments