एटीएम तोडफोड गरेको आरोपमा एकजना पक्राउ


मंसिर ९, २०८२, मङ्गलबार | राति ०९:४२ बजे | 110


एटीएम तोडफोड गरेको आरोपमा एकजना पक्राउ

ठिमी । जेन्जी आन्दोलनमा प्रहरी वृत्त ठिमी भक्तपुरसँगै रहेको राष्ट्रिय बाणिज्य बैंकको एटीएम तोडफोडमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. ७ नगदेशबाट उनलाई पक्राउ गरेको हो । 
पक्राउ पर्नेमा सिन्धुपाल्चोक बलेफी गाँउपालिका वडा नं. ८ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. ७ नगदेश बस्ने वर्ष २९ को बुद्धिमान तामाङ रहेको प्रहरीले जनाएको छ । उनलाई प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य गरिरहेको जनाइएको छ । 
 

Comments