मध्यपुर ठिमी ३ बस्ने एक महिला पक्राउ


मंसिर ९, २०८२, मङ्गलबार | राति ०७:३८ बजे | 335


मध्यपुर ठिमी ३ बस्ने एक महिला पक्राउ

भक्तपुर । भदौ १२ गते जिल्ला अदालत भक्तपुरबाट चेक अनादर मुद्दामा रु. ४० लाख रुपैया बराबरको विगो रकम खुलेकी प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं. ३ बस्ने राधादेबी श्रेष्ठलाई आइतबार प्रहरी वृत्त ठिमी भक्तपुरले पक्राउ गरेको हो । 
जिल्ला अदालत भक्तपुर पेश गरेकोमा विगो रकम तिर्न नसकी २ वर्ष कारागार राख्न कैदी पुर्जी जारी भएकोले निज राधादेबी श्रेष्ठलाई कारागार कार्यालय जगन्नाथदेवल काठमाडौं चलान भएकोमा सम्बन्धित कारागार पठाइएको छ । साथै, जिल्ला अदालत भक्तपुरबाट चेक अनादर मुद्दामा फैसला कार्यान्वयन भई फरार भएका ९ जना मानिसहरुलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
 

Comments