माटो उत्खनन गरी बोक्ने सवारी साधन नियन्त्रणमा
मंसिर ९, २०८२, मङ्गलबार | राति ०७:०९ बजे | 115
भक्तपुर । अबैध रुपमा माटो तथा बालुवा उत्खनन गी विक्री प्रयोजनार्थका लागि लिएर हिडेको १२ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंसिर १ गतेदेखि हालसम्म भक्तपुर जिल्लाको विभिन्न स्थानबाट यस्तो कार्यमा संलग्न सवारीसाधनहरुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर भक्तपुर र प्रहरी वृत्त जागाती भक्तपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई सम्बन्धित निकायमा पठाई कारवाही गरिएको परिसरले जनाएको छ ।
