माइतीघरमा विरोध प्रदर्शन
माघ २८, २०७७, बुधबार | विहान ०२:३० बजे | 30
समिता भारती
कन्चनपुर । सुदूरपश्चिमको कन्चनपुरकी बालिका निर्मला पन्तका बलात्कारी र हत्यारा दुई बर्षदेखि समात्न नसकिएको पृष्ठभुमिमा त्यही प्रदेश अन्तर्गत अर्को स्कुलको छात्रा उस्तै नियतीको शिकार भएकी छन्।
बैतडीको दोगडाकेदार गाउँपालिका ७ की किशोरी भागरथी भट्ट अर्की गीता महरको बलात्कार पछि हत्या गरिएको आशंकामा अनेरास्ववियुले शनिबार राजधानीको माइतीघरमा विरोध प्रदर्शन गरेको छ।
बलात्कारीलाई फाँसी दे भन्ने नारा सहित गरिएको प्रदर्शनमा अनेरास्ववियुका सदस्यहरुले सहभागिता जनाएका थिए। सहभागीहरुले पञ्चर्याली बन्द गर, बिघटित संसद पुनःस्थापन गर, बलात्कारीलाई फाँसी दिने कानुन निर्माण गर, ७० करोडवालालाई होइन छोरीलाई बचाऊ, महिला हिंसा अन्त्य गर लगायतका नारा लगाइएको थियो । (प्रशिक्षार्थी)