ल्होछारमा तिन दिन सार्वजनिक विदा
माघ २७, २०७७, मङ्गलबार | दिउँसो ०१:४८ बजे | 40
लालकुमारी मोक्तान
रामेछाप जिल्ला सुनापती गाउँपालिकाले सोनाम ल्होछारको अवसरमा तिन दिन सार्वजानिक बिदा दिने घोषणा गरेको छ । गाउककंपालिकाको अधिकांश वडामा तामाङ समुदायको बाहुल्यता रहेको छ।
गाउँपालिकाको अध्यक्ष बाबुराम मोक्तानले हरेक समुदायको सांस्कृतिक रीतिरिवाज पालिकाको सम्पति रहेकोले यसको संरक्षण र प्रवर्धन गर्न सार्वजानिक बिदा दिने घोषणा गरिएको बताए। गाउँपालिकाले गाउँंपालिकास्तरिय ल्होछार सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरेको छ।यसअघि नमोबुद् नगरपालिका र तेमाल गाउककंपालिकाले पनि ल्होछारको अवसरमा तीन दिन सार्वजानिक विदा दिने निर्णय गरिसकेको छ । (प्रशिक्षार्थी)