यो वर्ष भक्तपुर कप फुटबल नहुने, के गर्दैछ त यसको ठाउँंमा ?
मंसिर ५, २०८२, शुक्रबार | विहान ११:५८ बजे | 165
भक्तपुर । प्रत्येक वर्ष भक्तपुर कप फुटबल प्रतियोगिता गर्दै आएको भक्तपुर युवा टीम यो वर्ष बेग्लै तरिकाले प्रस्तुत भएको छ । यस वर्ष भक्तपुर युवा टीम अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने सहिद स्मारक सी डिभिजन क्वालिफायर २०२५ मा पहिलो पटक सहभागी भएर फरक रुपमा प्रस्तुत हुने भएको हो ।
यो सहभागी भक्तपुर युवा टीमको लागि नयाँ र राम्रो अनुभव हुनेछ । साथै हाम्रा खेलाडी साथीहरूले पनि यस सहभागीबाट नयाँ अनुभव बटुल्ने विश्वास लिएको छ । यस पटक सहिद स्मारक सी डिभिजन क्वालिफायरमा ३९ वटा टीम÷क्लबले सहभागिता जनाएको छ । भक्तपुर युवा टीम पनि त्यसमध्ये एक हो । भक्तपुर युवा टीमका खेलाडिहरू लामो समयदेखि अभ्यासरत छन् । यस अर्थमा पनि भक्तपुर युवा टीम सफल हुने विश्वास गर्न सकिन्छ ।
आजको यस कार्यक्रममा भक्तपुर युवा टीमको जर्सी सार्वजनिक गरिएको हो । भक्तपुर युवा टीमका संस्थापक अध्यक्ष श्री विश्वराम कवां, सल्लाहकार एवम् भक्तपुर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष श्री उकेश कवां र टीमका अध्यक्ष श्री केशब त्वानाबासूले संयुक्त रूपमा टीमको जर्सी सार्वजनिक गर्दै हुनुहुन्छ भने उहाँहरूबाट नै हाम्रा सहभागी हुने खेलाडिहरूलाई जर्सी हस्तान्तरण पनि हुने जनाइएको छ ।
देशका विभिन्न क्षेत्रमा हुने खेलकुद प्रतियोगितामा सहभागी हुँदै र विभिन्न क्षेत्रका खेलाडीहरूलाई टीममा सहभागी गराउँदै खेलप्रति आकर्षित गराउनु र खेलमार्फत मित्रता र अनुशासन कायम गर्नु भक्तपुर युवा टीमको उद्देश्य हो । टीम हाम्रो हो र टीमको विकास र प्रचार गर्नु हाम्रै जिम्मेवारी हो । त्यसैले टीमको यस उद्देश्य पूरा गर्न हाम्रा खेलाडी साथीहरूले मैदान र मैदान बाहिर महत्वपूर्ण भूमिका खेल्नुहुने विश्वास टीमले लिएको छ ।
टीमको आयोजनामा विभिन्न प्रतियोगिता र सहभागी हुने विभिन्न खेल प्रतियोगितको आवश्यक आर्थिक, भौतिक र नैतिक रूपमा सहयोग हुने हामीले अपेक्षा गर्दै विगतका दिनमा विभिन्न निकाय, पत्रकार, सञ्चार माध्यम, संघसंस्था, विद्यालय, उद्योग, व्यवसाय, व्यक्ति, शुभचिन्तकलायायत विभिन्न क्षेत्रमा भएका सहयोगप्रति टीम हार्दिक कृतज्ञता ज्ञापन गर्दै फेरी पनि विगतमाजस्तै अमूल्य सहयोग प्राप्त हुने अपेक्षा गर्दछु ।
प्रेस विज्ञप्ति
समाजमा रहेका हरेक मानिसको लागि खेलकुद अपरिहार्य छ । शारीरिक व्यायाम र तनावबाट मुक्त हुनको लागि खेलकुद एक महत्वपूर्ण गतिविधिको रूपमा लिइन्छ । खेल र व्यायामशाला जति बढी हुन्छ देशमा अस्पतालको संख्या बढाउनु पर्दैन भन्ने मान्यता रहेको छ ।
उपस्थित पत्रकार, खेलाडी, खेलप्रेमी, टीमका पदाधिकारी, सल्लाहकार तथा शुभचिन्तक महानुभावहरू,
मित्रता, अनुशासन र स्वास्थको लागि खेलकुद भन्ने नाराका साथ वि.स. २०५० सालमा स्थापित यस भक्तपुर युवा टीमले विभिन्न समयमा विविध खेलकुदको आयोजना गर्नुका साथै विभिन्न क्षेत्रमा हुने खेलकुद प्रतियोगितामा खेलाडीहरूलाई सहभागी गराएर विभिन्न खेलका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, अम्पायर, रेफ्री उत्पादन गर्न सफल भएको व्यहोरा विदितै छ । स्थापनाकालदेखि खेलकुद क्षेत्रको विकासका लागि महत्वपूर्ण भूमिका निभाउँदै आएको यस टीमले विगतमा थुप्रै खेलकुद प्रतियोगिता सम्पन्न गरिसकेको छ भने विभिन्न जिल्लामा हुने खेलकुद प्रतियोगितामा पनि सहभागिता जनाउँदै आएको छ । यस टीमका खेलाडी तथा निर्णायकहरू अन्तर्राष्ट्रिय स्तरमासमेत पुगेर सहभागी भएको र खेलमा निर्णायकको भूमिका निभाएको जानकारी गराउन चाहन्छु ।
भक्तपुर युवा टीमले वि.सं. २०७८ फागुन ६–१४ गतेसम्म प्रथम भक्तपुर कप–२०७८ सम्पन्न गरेका थियो । दोस्रो भक्तपुर कप २०७९ फागुन ५–१३ गतेसम्म सम्पन्न भयो भने तेस्रो भक्तपुर कप २०८० फागुन १८ गतेदेखि २६ गतेसम्म भएको थियो । यी तीन वटै प्रतियागिता महेश्वरी खेल मैदान, भक्तपुर भएको थियो ।
यस वर्ष भने भक्तपुर युवा टीम बेग्लै तरिकाले प्रस्तुत भएको छ । यस वर्ष भक्तपुर युवा टीम अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने सहिद स्मारक सी डिभिजन क्वालिफायर २०२५ मा पहिलो पटक सहभागी हुँदैछ । यो सहभागी भक्तपुर युवा टीमको लागि नयाँ र राम्रो अनुभव हुनेछ । साथै हाम्रा खेलाडी साथीहरूले पनि यस सहभागीबाट नयाँ अनुभव बटुल्ने हामीले विश्वास लिएका छौं । यस पटक सहिद स्मारक सी डिभिजन क्वालिफायरमा ३९ वटा टीम÷क्लबले सहभागिता जनाएको छ । भक्तपुर युवा टीम पनि त्यसमध्ये एक हो । भक्तपुर युवा टीमका खेलाडिहरू लामो समयदेखि अभ्यासरत छन् । यस अर्थमा पनि भक्तपुर युवा टीम सफल हुने विश्वास गर्न सकिन्छ ।
आजको यस कार्यक्रममा हामी भक्तपुर युवा टीमको जर्सी सार्वजनिक गर्दैछौं । भक्तपुर युवा टीमका संस्थापक अध्यक्ष श्री विश्वराम कवां, सल्लाहकार एवम् भक्तपुर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष श्री उकेश कवां र टीमका अध्यक्ष श्री केशब त्वानाबासूले संयुक्त रूपमा टीमको जर्सी सार्वजनिक गर्दै हुनुहुन्छ भने उहाँहरूबाट नै हाम्रा सहभागी हुने खेलाडिहरूलाई जर्सी हस्तान्तरण पनि हुनेछ ।
देशका विभिन्न क्षेत्रमा हुने खेलकुद प्रतियोगितामा सहभागी हुँदै र विभिन्न क्षेत्रका खेलाडीहरूलाई टीममा सहभागी गराउँदै खेलप्रति आकर्षित गराउनु र खेलमार्फत मित्रता र अनुशासन कायम गर्नु भक्तपुर युवा टीमको उद्देश्य हो । टीम हाम्रो हो र टीमको विकास र प्रचार गर्नु हाम्रै जिम्मेवारी हो । त्यसैले टीमको यस उद्देश्य पूरा गर्न हाम्रा खेलाडी साथीहरूले मैदान र मैदान बाहिर महत्वपूर्ण भूमिका खेल्नुहुने विश्वास टीमले लिएको छ ।
टीमको आयोजनामा विभिन्न प्रतियोगिता र सहभागी हुने विभिन्न खेल प्रतियोगितको आवश्यक आर्थिक, भौतिक र नैतिक रूपमा सहयोग हुने हामीले अपेक्षा गर्दै विगतका दिनमा विभिन्न निकाय, पत्रकार, सञ्चार माध्यम, संघसंस्था, विद्यालय, उद्योग, व्यवसाय, व्यक्ति, शुभचिन्तकलायायत विभिन्न क्षेत्रमा भएका सहयोगप्रति टीम हार्दिक कृतज्ञता ज्ञापन गर्दै फेरी पनि विगतमाजस्तै अमूल्य सहयोग प्राप्त हुने अपेक्षा गर्दछु । धन्यवाद ।
