फागुन ३ गते सोमबार जिल्लास्तरीय बिरोध प्रदर्शन
माघ २७, २०७७, मङ्गलबार | विहान १०:४५ बजे | 45
भक्तपुर । नेपाली कांग्रेस जिल्ला कार्यसमितिको ५६ औं बैठक सभापति दुर्लभ थापाज्युको सभापतित्वमा जिल्ला पार्टी कार्यालय, जय नेपाल चोक भक्तपुरमा आज बस्यो।
प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध भएका बिरोध प्रदशर्न र सभाको सम्बन्धमा केन्द्रीय परिपत्र च. नं. २६८ तथा अन्य समसामयिक बिषयमा केन्द्रित रहेको आजको बैठकमा पदाधिकारी, सदस्य, आमन्त्रित प्रदेश सभापति, नगर सभापतिहरु, जन निर्वाचित वडा अध्यक्षहरुले आ–आफ्नो विचार व्यक्त गर्नु भयो।
यही फागुन ३ गते सोमबार हुने जिल्ला स्तरीय बिरोध प्रदर्शन र सभाका लागि जिल्ला सचिब निशान ढुङ्गेलको संयोजकत्वमा १७ सदस्यीय तयारी तथा व्यवस्थापन समिति गठन गरियो ।