ताम्रकार समाजको छात्रवृत्ति वितरण


माघ २७, २०७७, मङ्गलबार | विहान ०९:५० बजे | 65


ललितपुर । कोभिड – १९ का कारण ढिला भइरहेको छात्रवृत्ति वितरण ताम्रकार समाजले हालै वितरण गरेका छन । कोरोना भाइरस तथा लकडाउनका कारण लामो समयदेखि विद्यालयहरु बन्द रहेको कारणले पनि छात्रवृत्ति वितरणमा ढिलाई भइरहेको थियो । ताम्रकार समाजले वार्षिक रुपमा गरिंदै आइरहेको छात्रवृत्ति वितरण यसपटक करिब दूइ लाख रुपैया बराबरको १५ जवान विद्यार्थीहरुलाई प्रदान गरिएको थियो ।
[[img2]]
छात्रवृत्ति वितरण गर्नुहुदै समाजका अध्यक्ष रविन्द्र राज ताम्रकारले कोभिडको असर सबैतिर परिरहेको अवस्थामा पनि विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको बताउनु भयो । उहांले यस वर्ष ताम्रकार समाजले स्वर्ण जयन्ती मनाइ रहेको एवं समाजको सामूदायिक भवनको निर्माण अन्तिम चरणमा पुगेको बताउनु हुदै समाज विकासको मुख्य आधार शिक्षाक्षेत्र रहेको हुंदा शिक्षा समाजको प्राथमिकतामा रहेको बताउनु भयो ।
उक्त छात्रवृत्ति वितरण कार्यक्रममा समाज अन्तर्गतको शिक्षा उपसमितिका संयोजक प्रवल ताम्रकार, समाजका पदाधिकारीहरु, उपसमितिका सदस्यहरु, विद्यार्थीहरुका अभिभावकहरु तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

फाेटाेमा हेर्नुहाेस्...

Comments