सिन्धुपाल्चोकको उच्च क्षेत्रहरुमा व्यापक हिमपात


माघ २७, २०७७, मङ्गलबार | विहान ०९:४३ बजे | 45


समिता भारती
सिन्धुपाल्चोक । चौतारा सिन्धुपाल्चोकको उच्च क्षेत्रहरुमा व्यापक हिमपात भएको छ। हेलमबु गाउँपालिकाको सबैजसो क्षेत्रमा  हिउँ परेको छ भने  लिसङ्खुपाखर गाउँपालिकाको मुढे, शिलढुङगा लगायतका क्षेत्रमा  समेत हिउँ  परेको छ।
सदरमुकाम चौतारा नजिकैको ओखरेनी, गुफा डाडाँमा समेत हिउँ  परेको  छ। हिउँ परेपछि  लामो समय खडेरी भोगेका  किसान बालीनाली सप्रने भन्दै  खुसी भएका छन्।
हिउँमा रमाउन सो क्षेत्रहरुमा आन्तरिक पर्यटकको संख्या समेत बढेको छ। हेलम्बु,   ओखरेनी तथा मुढे क्षेत्रमा  पर्यटकको संख्या  बढेको छ। (प्रशिक्षार्थी)

Comments