युवाका साथ आवाज नेपालको दोस्रो अधिबेशन सम्पन्न
माघ २७, २०७७, मङ्गलबार | विहान ०२:२१ बजे | 40
सदीक्षा बाईजु
युवाका साथ आवाज नेपालको दोस्रो अधिवेशनबाट दुई बर्षिय कार्यकालको लागि सर्वसहमत रुपमा कार्यसमितिको नयाँ नेतृत्व चयन भएको छ। संस्थाको अध्यक्षमा देवेन्द्र आचार्य, उपाध्यक्ष अमर सिवाकोटी, सचिव श्रीकृष्ण थापा, कोषाध्यक्ष आश्मा बस्नेत, कार्यसमिति समिति सदस्य आस्था बस्नेत, रबिन थापा र सोना तचामो चयन भएका छन्।
युवाका साथ साथ आवाज नेपालको दोस्रो अधिबेशन तथा तेस्रो वार्षिक साधारण सभा बागमती प्रदेशसभा सदस्य माननीय शशिजङ्ग थापा ज्युको प्रमुख आतिथ्यतामा तथा गरिबी निवारण कोषका कर्याकारी उपाध्यक्ष निर्मल कुमार भट्टराईको विशेष उपस्थितिमा सुसम्पन्न गरियो। [[img2]]
कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका उपप्रमुख सरिता कुँवर, सुर्यबिनायक नगरपालिका(७ का वडा अध्यक्ष रबिन्द्र सापकोटा, नेपाल पत्रकार महासंघका अध्यक्ष पुष्कर राज बुढाथोकी, सुर्यबिनायक न. पा. र चाँगुनारायण न. पा. का कार्यपालिका सदस्य दिपक बिसुन्खे र कृष्णा कार्की, कन्सोर्टियम नेपालका अध्यक्ष किरण थापा, एन प्याप्सन भक्तपुरका अध्यक्ष सन्जय खड्का, संस्थाका सम्पादक द्वय विनोद खत्री र दिपेश बिसुन्खे लगायतले युवा नेतृत्वको विकासको निम्ति आफ्नो तर्फबाट सकेको सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो।
संस्थाका निबर्तमान अध्यक्ष राजेश घिमिरेको अध्यक्षतामा भएको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिबेशनमा संस्थाको वार्षिक प्रतिवेदन संस्थाका सदस्य आस्मा बस्नेतले प्रस्तुत गर्नुभयो। संस्थाका कोषाध्यक्ष अमर सिवाकोटीले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो।संस्थाका सचिव श्रीकृष्ण थापाले साधारण सभाले सर्बसम्मत रुपमा वार्षिक र आर्थिक प्रतिबेदन पारित गरिएको बताउनुभयो। नयाँ कार्यसमिति पनि चयन गरिएको उहाँले जानकारी दिनुभयो। (प्रशिक्षार्थी)