सांगितिक प्रस्तुति दिन उर्गेन दोङ आज धुलिखेल आउने
कार्तिक २९, २०८२, शनिबार | विहान ०८:५७ बजे | 100
काभ्रे । काभ्रेको धुलिखेलमा आज कार्तिक २९ गते शनिबार उर्गेन दोङ संगितिक प्रस्तुति दिन आउने भएका छन् । तामाङ दाइ, मैँ झुटो २, (पुरानो माया), सैयाँ, लोभी नजर, ए मेरी सुवा, दशैं लाग्यो, त्यो बेलानी, दुई दिनको माया, हबीबी, भिज्यो कपाल, झुमा, जवानिले, सानो चोट जस्ता चर्चित गित गाएका दोङ पछिल्लो समय युवापुस्ता माझ चर्चित रहेका छन् ।
आकाश भैरव क्लब धुलिखेल काभ्रेको आयोजना र लालिगुराँस क्रियसन मिडिय नेपाल व्यवस्थापक रहेकोे कार्यक्रममा धुलिखेल नगरपालिका संरक्षक रहेको छ । कार्यक्रम कृषि,सांस्कृतिक, पर्यटन तथा व्यापार प्रवद्र्धन गर्ने उदेश्यले आयोजना गरेको हो । उर्गेन दोङको साथै नविना शिलवाल (खुइली), स्नेह कटुवाल, सम्राट चौलागाईं, सुवास महत, राजन खैराते पनि संगितिक प्रस्तुतिका लागि आउने छन् ।
कार्तिक २० देखि शुरु भएको कार्यक्रम मंसिर ३ गतेसम्म चल्नेछ । कार्यक्रम धुलिखेल रंगशाला अड्डा बजारमा आयोजना भैरहेको छ ।
