२८५७ लाङ ल्हो सोनाम ल्होछारको पावन अवसरमा शुभकामना आदान प्रदान
माघ २६, २०७७, सोमबार | दिउँसो ०२:४८ बजे | 30
काठमाडौं । नेपाल तामाङ घेदुङ काठमाडौंमा भातृसंगठनहरु नेपाल तामाङ संस्कृत घेदुङ,नेपाल तामाङ ताम्बा घेदुङ,नेपाल तामाङ युवा घेदुङ र नेपाल तामाङ महिला घेदुङको संयुक्त आयोजनामा २८५७ लाङ ल्हो सोनाम ल्होछारको पावन अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरिएको छ।
[[img2]]
बिलम मोक्तानको सभापतित्वमा सुरु भएको कार्यक्रमको कार्यक्रमा प्रमुख अथितीको रुपमा नेपाल तामाङ घेदुङको, कार्यवाहक अध्यक्ष कुमार सिं घिसिङ उपस्थित रहेका थिए। त्यस्तै बिशेष अथितीको रुपमा अन्तर्राष्ट्रिय तामाङ सोसाइटीका बरिस्ठ उपाध्यक्ष टाँसी लामा रहनुभएको थियो ।बरिष्ठ तामाङ गायकरसंगितकार चन्द्रकुमार मोक्तान नेपाल तामाङ घेदुङ संघीय सचिव रामकृष्ण ल्बोन तामाङ,तामाङ भाषा विद अन्तर्राष्ट्रिय तामाङ सोसाइटीका पुर्व सचिव प्रतिक न्यसुर तामाङ लगायत संघीय सदस्य सोनाम ग्यपक ३ नम्बर प्रदेश स कोषाध्यक्ष पदम घिसिङ प्रेम लो मोहन घिसिङ संगै नेपाल तामाङ विद्यार्थी घेदुङका ईन्द्र लामा तथा विभिन्न संघ संस्थाबाट प्रतिनिधित्व गर्नु भएकोे अतिथि गणहरु र ल्होछारको शुभकामना आदानप्रदान ,चियापान कार्यक्रम भब्य सब्य रूपमा सम्पन्न गर्नका लागी आयोजक टिमका नेपाल तामाङ महिला घेदुङको,संघीय अध्यक्ष सङ्गिता भोम्जान तामाङले कार्यक्रम संचालन गर्नुभएको थियो।
नेपाल तामाङ संस्कृति घेदुङको, संघीय अध्यक्ष छेवाङ तेन्जिङ तामाङ लगाएत नेपाल तामाङ ताम्बा घेदुङ्को, संघीय अध्यक्ष पासाङ मोक्तानले मन्तव्य राख्दै शुभकामना र धन्यवाद ज्ञापन व्यक्त गर्नु भएको छ। भातृसंघठन पदाधिकारीहरुको मन्तव्यका साथ भएको कार्यक्रममा विभिन्न तहबाट सहयोग गर्न युवा महिला संस्कृत ताम्बा घेदुङका संघीय कार्यसमितिको सम्पुर्ण पदअधिकारहरु उपस्थित हुनु भइ आर्थिक ,नैतिक,भौतिक,सामाजिक सबै खाले सहयोग गर्नुहुने सम्पुर्ण महानुभाबहरु प्रती सभापति बिलम मोक्तानले धन्यवाद व्यक्त गरे।