जगाती प्रहरी बृत छोडतफेड, आगजनी तथा चोरीमा जगातीबासी नै ?


कार्तिक २७, २०८२, बिहीबार | साँझ ०६:२६ बजे | 185


जगाती प्रहरी बृत छोडतफेड, आगजनी तथा चोरीमा जगातीबासी नै ?

भक्तपुर । जेन्जी आन्दोलनको क्रममा प्रहरी वृत्त जगाती भक्तपुरमा तोडफोड, आगजनी तथा चोरी गरेको घटनामा संलग्न थप एकजनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । जिल्लास्थित सूर्यविनायक नगरपालिका वडा नं. ८ जगातीस्थित जगाती प्रहरी बृत तोडफोड, आगजनी तथा चोरी गरेको घटनामा संलग्न भएको आरोपमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको हो । 
पक्राउ पर्नेमा काभ्रेपलान्चोक गोकुलेढाप घर भई हाल जगाती बस्ने वर्ष १८ को अंकित तामाङ रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । उनीबाट प्रहरीका सामानहरुसहित नियन्त्रणमा लिएको परिसरका डिएपी प्रकाश जबेगूले जनाए । उनीबाट प्रहरीको बुट – १ जोर, राइटकन्ट्रोल गियर – १ थान र हाइटेरा हेण्ड सेटको ब्याट्री – १ थान बरामद गरेको जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको जनाइएको छ । 
 

Comments