पलासेका घिमिरे, खरिपाटीका बास्तालोसहित तीन जना पक्राउ
कार्तिक २४, २०८२, सोमबार | साँझ ०५:१४ बजे | 305
भक्तपुर । भदौ २४ र २५ गते भएको जेन्जी आन्दोलनको क्रममा भएको प्रहरीका चौकीहरु तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले सोमबार थप तीन जनालाई पक्राउ गरेको छ । जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. ०८ जगातीस्थित रहेको प्रहरी वृत्त जगाती र जिल्लाकै चाँगुनारायण नगरपालिका वडा नं. ०७ मा रहेको प्रहरी प्रभाग खरिपाटी तोडफोड तथा आगजनी गरेको घटनामा संलग्न उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।
पक्राउ पर्नेहरुमा भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ९ पलासे बस्ने वर्ष २८ को सुदिप घिमिरे, काभ्रेपलाञ्चोक रोशी गाउँपालिका वडा नं. ०३ घर हुने बर्ष २६ को छेकु लामा र भक्तपुरकै चाँगुनारायण नगरपालिका वडा नं. ६ खरीपाटी बस्ने बर्ष ४६ को सुरेश बास्तोला रहेको प्रहरीले जनाएको छ ।
