हिमपातले जनजिवन प्रभावित
माघ २६, २०७७, सोमबार | दिउँसो ०१:५५ बजे | 35
लाल कुमारी मोक्तान
रामेछाप । रामेछापको उच्च लेकाली भूभागमा हिमपात भएसगै त्यस क्षेत्रमा बसोबास गर्दै आएका नागरिकहरुको जनजीवन प्रभावित भएको छ। जिल्लाको उच्च लेकाली भूभागमा शनिवारबाट हिमपात सुरु भएको हो ।
विगत वर्षहरुमा हिउककंदको समयमा नै वर्षात हुने र हिमपात पनि हुने गर्थ्यो । यस वर्ष भने ढिलो गरेर वर्षात र हिमपात भएको छ। रामेछापको उच्च लेकाली भूभाग दोरम्बा गाउककंपालिकाको गौश्वारा,डडुवा, शैलुड(कबष्गिलन) र खोलाखर्क क्षेत्रमा भिषण मात्रामा हिमपात भएको हो । अहिले शैलुड(कबष्गिलन) क्षेत्रमा हिमपात भएसककंगै हिककंउमा खेल्न आउने आन्तरिक पर्यटकहरुको संख्या निकै देखिएको छ।
[[img2]]
वर्षात र हिमपातसककंगै अत्याधिक मात्रामा चिसो बढेपछि त्यस क्षेत्रका सामुदायिक विद्यालयहरु समेत प्रभावित भएका छन्। अत्याधिक चिसोका कारण विद्यालयमा अध्ययनरत स(साना बालबालिकाहरु विद्यालय आउन छाड्नुका साथ(साथै सुत्केरी महिला, दिर्घरोगीहरु बढी मात्रामा प्रभावित भएको छ। (प्रशिक्षार्थी)