लालाबालाको काठमाडौं अन्तर्राष्ट्रिय बालनाटक महोत्सव


कार्तिक २२, २०८२, शनिबार | साँझ ०६:३७ बजे | 80


लालाबालाको काठमाडौं अन्तर्राष्ट्रिय बालनाटक महोत्सव

नेपाल लगायत बाह्र देशका कलाकार सम्मिलित लालाबाला काठमाडौं अन्तर्राष्ट्रिय बालनाटक महोत्सवको पाँचौ संस्करण इम्पेरियल वर्ल्ड स्कुल परिसरमा उदघाटन  भएको थियोे  उद्घाटन पश्चात् दैनिक चार शो नाटक स्कुलकै प्रेक्षालयमा मञ्चन भए युकेको ‘’एब्स्ट्रयाक किड्स’’ को प्रस्तुति साना बालबालिकालाई लक्षित थियोे, यहि नाटकलाई बालबालिकाले निकै रूचाए महोत्सवमा यो नाटक पाँच शो मञ्चन भयो

महोत्सवमा नेपाल, भारत, बङगलादेश, श्रीलंका, इरान, थाईल्यान्ड, युके, जापान, स्लोभाकिया, चेक रिपब्लिक, लातभिया, ब्राजिलका कलाकारको नाट्य प्रस्तुति एकै मञ्चमा आईपुगेका थिए  यी विभिन्न देशका कलाकारले विभिन्न शैलीका नाटक आफ्नै भाषा संस्कृतिमा प्रस्तुत गरे बालबालिकासँग नाट्य कार्यशाला समेत भयो

पहिलो दिन उद्घाटन अवसरमा प्रमुख अतिथि बुढानिलकण्ठ महानगरपालिकाकि उपमेयर अनिता लामाविषेश अतिथि कलाकार, सङ्गीत नाट्य एकेडेमीका पुर्व उपकुलपति हरिहर शर्मा, प्रो. डा  अभि सुवेदी, , अतिथिहरु रङ्गकर्मी आकाँक्षा कार्की, रङ्गकर्मी प्रभाकर न्यौपाने, राम केयसी, मन्जु गिरीलगायतका अतिथिहरुको सहभागीले महोत्सवलाई भव्य बनाएको थियो

कलाकार सुन्दर लामाले फर्ममेन्स आर्ट मुक्ति, एउटा उत्सव

प्रस्तुत गरे

सबै देशका राष्ट्रिय धुन बजाईएको थियो पहिलो दिन उद्घाटन लगत्तै आयोजक स्कुलको प्रस्तुति नाटक ‘’बच्चा माई बच्चा’’ मञ्चन गरिएको थियो भने बङ्गलादेशको नाटक मिट्टिकर फुल पनि मञ्चन भएको थियो

त्यसैगरि दोस्रो दिन, युकेको ‘’एब्स्ट्रेक शो’’ले दर्शकको मन जितेको थियो भने ईरानी प्रस्तुती ‘’ईम्प्याथी’’ हरेक दर्शकले रूचाएका थिए

हिजो तेस्रो दिन श्रीलंकाको Red Apple Theatre international gathering को नाटक चकलेट बिस्कुट मञ्चन भएको थियोे  भने Joy house collective नेपालबाट माछाको रङ्गिन सपना मञ्चन भएको थियो  महोत्सवमा यी दुवै नाटक असाध्यै रुचाईए

हिजो चौथो दिन, नेपालबाट भ्याली भ्यु स्कुलको नाटक ईच्छा भर्सेज समय चेक रिपब्लिकको नाटक मञ्चन भयो

विभिन्न देशबाट आईतबार साँझसम्म सबै कलाकारहरु नेपाल आईपुगेबा थिए यो दिने बसाईमा उनीहरुलाई काठमाडौं, भक्तपुर, लतितपुरका विभिन्न ठाउँ भ्रमण गराईने चेक रिपब्लिक, स्लोभाकिया, लातभिया  थप चार दिन बसेर नेपालबाट विभिन्न ठाउँ घुम्ने याेजनामा छन् उनीहरुको नेपाल बसाइँको सबै खर्च आयोजक विद्यालय ईम्पेरियल वर्ल्ड स्कुलले गरिरहेको

बालनाटकको अग्रणी संस्था लालाबालाको अवधारणा सक्रियतामा यो महोत्सव हरेक वर्ष आयोजना भईरहेको आफ्नो विद्यालयमा कलाको अन्तर्राष्ट्रिय हब बनाउने ईच्छाले लालाबालासँग सहकार्य गरिएको विद्यालयका संस्थापक, चेयरम्यान कुमार कार्की बताउँछन्, ‘विदेशी कलाकारहरु बस्ने, खाने, नाटक प्रस्तुत गर्ने एउटा अन्तर्राष्ट्रिय भेन्यु बनाउने रहर जसमा हाम्रा विद्यार्थीले पनि अन्तर्राष्ट्रियस्तरको नाट्य प्रशिक्षण प्राप्त गर्नेछन्

यो महोत्सव नेपालबाट संसारभरिलाई सकारात्मक सन्देश  दिने महत्वपुर्ण मञ्च हो हरेक वर्ष सहभागी भईरहेका थिएटर संस्थाहरू नेपालप्रति असाध्यै सकारात्मक छन् बाह्र देशका पचास जना कलाकार आआफ्ना देशका भेषभुषा लगाएर, झन्डा बोकेर एकैसाथ एकैठाउँमा देखिँदा थरिथरिका फूल फुलेका बचैँचाजस्तो देखिने महोत्सव निर्देशक टंक चौलागाईं बताउँछन् यसपाली महोत्सव भव्य हुनेमा उनी विश्वस्त छन्, ‘यो वर्ष अप्ठ्यारो समय हो यहि अप्ठ्यारोमा हामी विभिन्न देशका कलाकार एउटै मञ्चमा उभिएर एक स्वर बनाएर सकारात्मक सन्देश प्रवाह गर्न चाहान्छौँ हरेक वर्ष नेपालका नाट्य संस्था, रङ्गकर्मीहरुको साथ, सहयोग पाउँदै गएका छौँ टंक चौलागाईंको बुझाई

नाटक महोत्सवको सबै तयारी सकिएको हुनाले हामी शुक्रबार देखिनै कलाकारहरुलाई स्वागत गर्न थालिसक्यौँ विद्यालयकी प्रिन्सिपल जुनिता कार्की बताउँछिन्

सोमवार सुरु भएको नाट्य महोत्सवमा  बुधबार जोय हाउस कलेक्टिभ नेपाल श्रीलंकाको प्रस्तुति रहेको विहिवार भ्याली भ्यु स्कुल चेक रिपब्लिकको नाटक मञ्चन हुनेछ शुक्रबार श्रीयन्त्र एजुकेसन फाउन्डेसन, भारत स्लोभाकियाको नाटकपछि समापन हुनेछ   नाटक मञ्चन समय हरेक दिन १०:३०, :०० :०० बजे रहने

Comments