लालाबालाको काठमाडौं अन्तर्राष्ट्रिय बालनाटक महोत्सव
कार्तिक २२, २०८२, शनिबार | साँझ ०६:१९ बजे | 135
कार्तिक १७ गते सोमवार नेपाल लगायत बाह्र देशका कलाकार सम्मिलित लालाबाला काठमाडौं अन्तर्राष्ट्रिय बालनाटक महोत्सवको पाँचौ संस्करण इम्पेरियल वर्ल्ड स्कुल परिसरमा उदघाटन भएको थियोे । उद्घाटन पश्चात् दैनिक चार शो नाटक स्कुलकै प्रेक्षालयमा मञ्चन भए । युकेको ‘’एब्स्ट्रयाक किड्स’’ को प्रस्तुति साना बालबालिकालाई लक्षित थियोे, यहि नाटकलाई बालबालिकाले निकै रूचाए । महोत्सवमा यो नाटक पाँच शो मञ्चन भयो ।
महोत्सवमा नेपाल, भारत, बङगलादेश, श्रीलंका, इरान, थाईल्यान्ड, युके, जापान, स्लोभाकिया, चेक रिपब्लिक, लातभिया, ब्राजिलका कलाकारको नाट्य प्रस्तुति एकै मञ्चमा आईपुगेका थिए । यी विभिन्न देशका कलाकारले विभिन्न शैलीका नाटक आफ्नै भाषा र संस्कृतिमा प्रस्तुत गरे । बालबालिकासँग नाट्य कार्यशाला समेत भयो ।
पहिलो दिन उद्घाटन अवसरमा प्रमुख अतिथि बुढानिलकण्ठ महानगरपालिकाकि उपमेयर अनिता लामा, विषेश अतिथि कलाकार, सङ्गीत नाट्य एकेडेमीका पुर्व उपकुलपति हरिहर शर्मा, प्रो. डा अभि सुवेदी, , अतिथिहरु रङ्गकर्मी आकाँक्षा कार्की, रङ्गकर्मी प्रभाकर न्यौपाने, राम केयसी, मन्जु गिरी, लगायतका अतिथिहरुको सहभागीले महोत्सवलाई भव्य बनाएको थियो ।
कलाकार सुन्दर लामाले फर्ममेन्स आर्ट मुक्ति, एउटा उत्सव
प्रस्तुत गरे ।
सबै देशका राष्ट्रिय धुन बजाईएको थियो । पहिलो दिन उद्घाटन लगत्तै आयोजक स्कुलको प्रस्तुति नाटक ‘’बच्चा माई बच्चा’’ मञ्चन गरिएको थियो भने बङ्गलादेशको नाटक मिट्टिकर फुल पनि मञ्चन भएको थियो ।
त्यसैगरि दोस्रो दिन, युकेको ‘’एब्स्ट्रेक शो’’ले दर्शकको मन जितेको थियो भने ईरानी प्रस्तुती ‘’ईम्प्याथी’’ हरेक दर्शकले रूचाएका थिए ।
हिजो तेस्रो दिन श्रीलंकाको Red Apple Theatre international gathering को नाटक चकलेट बिस्कुट मञ्चन भएको थियोे भने Joy house collective नेपालबाट माछाको रङ्गिन सपना मञ्चन भएको थियो । महोत्सवमा यी दुवै नाटक असाध्यै रुचाईए ।
हिजो चौथो दिन, नेपालबाट भ्याली भ्यु स्कुलको नाटक ईच्छा भर्सेज समय र चेक रिपब्लिकको नाटक मञ्चन भयो ।
पाँचौ अर्थात महोत्सवको अन्तिम दिन भारत र स्लोभाकियाले नाटक प्रस्तुत गर्नेछन् ।
विभिन्न देशबाट आईतबार साँझसम्म सबै कलाकारहरु नेपाल आईपुगेबा थिए । यो छ दिने बसाईमा उनीहरुलाई काठमाडौं, भक्तपुर, लतितपुरका विभिन्न ठाउँ भ्रमण गराईने छ । चेक रिपब्लिक, स्लोभाकिया, लातभिया थप चार दिन बसेर नेपालबाट विभिन्न ठाउँ घुम्ने याेजनामा छन् । उनीहरुको नेपाल बसाइँको सबै खर्च आयोजक विद्यालय ईम्पेरियल वर्ल्ड स्कुलले गरिरहेको छ ।
बालनाटकको अग्रणी संस्था लालाबालाको अवधारणा र सक्रियतामा यो महोत्सव हरेक वर्ष आयोजना भईरहेको छ । आफ्नो विद्यालयमा कलाको अन्तर्राष्ट्रिय हब बनाउने ईच्छाले लालाबालासँग सहकार्य गरिएको विद्यालयका संस्थापक, चेयरम्यान कुमार कार्की बताउँछन्, ‘विदेशी कलाकारहरु बस्ने, खाने, नाटक प्रस्तुत गर्ने एउटा अन्तर्राष्ट्रिय भेन्यु बनाउने रहर छ । जसमा हाम्रा विद्यार्थीले पनि अन्तर्राष्ट्रियस्तरको नाट्य प्रशिक्षण प्राप्त गर्नेछन् ।’
यो महोत्सव नेपालबाट संसारभरिलाई सकारात्मक सन्देश दिने महत्वपुर्ण मञ्च हो । हरेक वर्ष सहभागी भईरहेका थिएटर संस्थाहरू नेपालप्रति असाध्यै सकारात्मक छन् । बाह्र देशका पचास जना कलाकार आआफ्ना देशका भेषभुषा लगाएर, झन्डा बोकेर एकैसाथ एकैठाउँमा देखिँदा थरिथरिका फूल फुलेका बचैँचाजस्तो देखिने महोत्सव निर्देशक टंक चौलागाईं बताउँछन् । यसपाली महोत्सव भव्य हुनेमा उनी विश्वस्त छन्, ‘यो वर्ष अप्ठ्यारो समय हो । यहि अप्ठ्यारोमा हामी विभिन्न देशका कलाकार एउटै मञ्चमा उभिएर एक स्वर बनाएर सकारात्मक सन्देश प्रवाह गर्न चाहान्छौँ । हरेक वर्ष नेपालका नाट्य संस्था, रङ्गकर्मीहरुको साथ, सहयोग पाउँदै गएका छौँ ।’ टंक चौलागाईंको बुझाई छ ।
‘नाटक महोत्सवको सबै तयारी सकिएको हुनाले हामी शुक्रबार देखिनै कलाकारहरुलाई स्वागत गर्न थालिसक्यौँ ।’ विद्यालयकी प्रिन्सिपल जुनिता कार्की बताउँछिन् ।
सोमवार सुरु भएको नाट्य महोत्सवमा बुधबार जोय हाउस कलेक्टिभ नेपाल र श्रीलंकाको प्रस्तुति रहेको छ । विहिवार भ्याली भ्यु स्कुल र चेक रिपब्लिकको नाटक मञ्चन हुनेछ । शुक्रबार श्रीयन्त्र एजुकेसन फाउन्डेसन, भारत र स्लोभाकियाको नाटकपछि समापन हुनेछ । नाटक मञ्चन समय हरेक दिन १०:३०, १:०० र ५:०० बजे रहने छ ।
फाेटाेमा हेर्नुहाेस्...
