दुवालसहित चारजना पक्राउ
कार्तिक २१, २०८२, शुक्रबार | राति ०७:०३ बजे | 8885
भक्तपुर । जेन्जी आन्दोलनको क्रममा आगजनी तथा तोडफोडमा संलग्न थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको मध्यपुर थिमि नगरपलिका वडा नं. ५ राधेराधेमा रहेको यातायात व्यवस्था कार्यालय र मध्यपुर थिमि नगरपालिका वडा नं. २ सानोठिमीमा रहेको प्रहरी प्रभाग सानोठिमी तोडफोड तथा आगजनी गरेको घटनामा संलग्न उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोट बस्ने वर्ष ३३ को किरण दुवाल, कपिलबस्तु घर भई हाल भक्तपुर सानोठिमी बस्ने बर्ष २३ को सागर मगर, रामेछाप खाँडादेबि गा.पा.६ घर भई हाल भक्तपुर सानोठिमी मगरगाँउ बस्ने बर्ष १९ को हिमाल श्रेष्ठ र रौतहट दुर्गा भगवती गा.पा.१ घर भई हाल भक्तपुर सानोठिमी बस्ने बर्ष २४ को संजित कुमार ठाकुर रहेको जनाइएको छ । उनीहरुलाई प्रहरी वृत्त ठिमी भक्तपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।
