बालबालिकालाई संस्कारयुक्त बनाउनु आवश्यकः मिस नेपाल खड्गी


कार्तिक १९, २०८२, बुधबार | साँझ ०६:५९ बजे | 135


बालबालिकालाई संस्कारयुक्त बनाउनु आवश्यकः मिस नेपाल खड्गी

ललितपुर । नेवाः साधना कला केन्द्र काठमाडांैको आयोजनामा बागमती लिटिल प्रिन्स एण्ड प्रिन्सेस् ट्यालेन्ट हन्ट २०२५ हुने भएको छ । बुधबार ललितपुरमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रम गर्ने घोषणा गरियो ।  
बालबालिकाहरुलाई संस्कारयुक्त बनाउने उद्देश्यका साथ कार्यक्रम गर्न लागेको पत्रकार सम्मेलनमा बताइयो । यस क्रममा बालबालिकाहरुलाई व्यक्तित्व विकास, नेतृत्व विकास, वाक शक्ति, गायन तथा नृत्यलगायतका तालिमहरु प्रदान गरिने जनाइयो । प्रतियोगितामा ५ देखि १५ वर्षका बालबालिकाहरु सहभागी हुन सक्ने जनाइयो । 
पत्रकार सम्मेलनमा नेवाः साधना कला केन्द्र काठमाडौंका संस्थापक अध्यक्ष सुन्दरमान श्रेष्ठ (बागमती भाइ) ले प्रतियोगितामा उत्कृष्टहरुलाई नगद पुरस्कारका साथै अन्य विभिन्न पुरस्कारहरु प्रदान गरिने जानकारी गराए । कार्यक्रमको अन्तिम अडिसनको मिति भने पछि नै पत्रकार सम्मेलन गरी जानकारी दिन उनले सुनाए । 
कार्यक्रममा प्रमुख अतिथि पूर्व मिस नेपाल उषा खड्गी रहेकी थिइन् । उनले बालबालिकाहरुलाई संस्कारयुक्त बनाउने उद्देश्य रहेकोले आफू पनि कार्यक्रमसँंग जोडिएको बताइन् । 
कार्यक्रममा नेवाः साधना कला केन्द्रका विभिन्न सल्लाहकारहरुलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो । 

फाेटाेमा हेर्नुहाेस्...

बालबालिकालाई संस्कारयुक्त बनाउनु आवश्यकः मिस नेपाल खड्गी
बालबालिकालाई संस्कारयुक्त बनाउनु आवश्यकः मिस नेपाल खड्गी

Comments