छुटाछुटै रुपमा दुईजना भगुवा पक्राउ
कार्तिक १५, २०८२, शनिबार | राति ०८:१६ बजे | 115
भक्तपुर । भदौ २३ र २४ गतेको आन्दोलनमा प्रहरी वृत्त ठिमी भक्तपुरको हिरासत कक्षबाट फरार भएको विद्युतीय कारोबार ऐन अन्तरगतको कसुरका सिन्धुपाल्चोक जुगल वडा नं. २ गोल्छे घर भई हाल जिल्लाकै मध्यपुर थिमि नगरपालिका वडा नं. ३ गठ्ठाघर बस्ने बर्ष ३० को निकेश राउतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सो आन्दोलनमा विभिन्न कारागारबाट फरार भएका थप १ जना कैदीबन्दीलाई पक्राउ गरी सम्बन्धित कारागारमा पठाइएको जनाइएको छ ।
