समुन्द्रादेवीको प्रथम साधारण सभा सम्पन्न
माघ २५, २०७७, आइतबार | विहान ०७:१७ बजे | 35
भक्तपुर । समुन्द्रादेवी महिला कृषि विकास प्राइभेट लिमिटेड, शिवपुरी गाउपालिका वडा नम्बर ६ खोलेगाउँ, नुवाकोटको प्रथम वार्षिक साधारण सभा भक्तपुर नगरपालिकाको कृषि समितिको संयोजक राजकृष्ण गरोको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भयो।
उक्त कार्यक्रममा प्रमुख अतिथि राजकृष्ण गोराले नेपाल कृषि प्रधान देश भएर पनि नेपाल सरकारले कृषि क्षेत्रलाई वेवास्ता गरी किसानहरुको जीवनलाई झन कष्टकर बनाएको बताउनुभयो। उहाँले कृषिमा निर्भर किसानहरुको अधारभूत आवश्यता रासायनिक मल पूर्ति गर्नु व्यवस्था सरकारले गर्नुपर्ने भएतापनि निजी क्षेत्रलाई ठेक्कामा दिएर आफ्नो जिम्मेवारीबाट पन्छिएको आरोप लगाउनु भयो। साथै सरकालरले गतवर्ष भन्द यसवर्ष कृषि क्षेत्रको अनुदान घटाएकोले यसको प्रत्यक्ष नकारात्मक असर किसानलाई परेको बताउनुभयो।
[[img2]]
हामी सामाजिक प्राणी भएकोले समाजसेवा गर्ने भावनाबाट विमुख हुन नहुने चर्चा गर्दै आर्थिक क्षेत्रलाई मात्र प्राथमिकता दिएर अगाडि बढेमा सामाजिक दुरघटनामा पर्न सक्ने बताउनुभयो।समुन्द्रदेवी खोलेगाउँ कृषि बहुउद्देश्यीय सहकारी संस्था नुवाकोटको अध्यक्ष विष्णु श्रेष्ठले भक्तपुर जिल्ला देशको सानो भएतापनि राजनैतिक, शैक्षिक, सास्कृतिक रुपमा नमुना जिल्ला भएको बताउनुभयो। यसको अनुकरण गर्न नुवाकोटबासीले चाहना रहेको बताउनुभयो।
समुन्द्रादेवी महिना कृषि विकास पाइभेट लिमिटेडको अध्यक्ष मनिका धौभडेलको सभापत्विमा सम्पन्न भएको उक्त कार्यक्रममा सो कम्पनीको सचिव कृष्ण लक्ष्मी छेतालाले वार्षिक प्रगति प्रतिवेदन, रिया छेगुतलाले आर्थिक प्रतिवेदन र पञ्च रत्न सैजूले अनुमानित बार्षिक बजेत प्रस्तुत गर्नुभएको थियो।