देउसी–भैलो तथा सांस्कृतिक कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न


कार्तिक ६, २०८२, बिहीबार | दिउँसो ०२:२८ बजे | 48


देउसी–भैलो तथा सांस्कृतिक कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न

भक्तपुर । तिहारको अवसर पारेर जिक्तेन मिडिया हाउसले कार्तिक ५ गते आयोजना गरेको ब्रहत देउसी–भैलो तथा सांस्कृतिक कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य डिल्लिमान तामाङले तिहारले आपसी भाईचारा, एकता र सांस्कृतिक सौहार्द सुदृढ गर्ने अवसर भएको बताउँदै भन्नुभयो —तिहार केवल दीपावलीको पर्व होइन, यो हाम्रो पहिचान, संस्कृति र बन्धुत्वको प्रतीक हो। स्थानीय युवाहरूले यसरी कला–संस्कृतिको संरक्षण गर्दै अगाडि बढ्नु निकै प्रशंसनीय काम हो।” त्यस्तै, विशेष अतिथि सुनापति गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङले स्थानीय कलाकार र युवा वर्गको सक्रियता र योगदानको प्रशंसा गर्दै भन्नुभयो —आफ्नो संस्कृति र परम्परालाई जोगाउँदै आधुनिक युगसँग तालमेल मिलाउने कार्यमा जिक्तेन मिडिया हाउसले गरेको पहल सराहनीय छ। यस्तो कार्यक्रमले गाउँ समाजमा सकारात्मक सोच र एकताको सन्देश दिन्छ।”

कार्यक्रममा धाबा लामा, दोरम्बा शैलुङ गाउँपालिका अध्यक्ष मैनकुमार मोक्तान, र सुनापति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेशकुमार श्रेष्ठ लगायतका सम्माननीय अतिथिहरूको उपस्थिति रहेको थियो।

सांस्कृतिक कार्यक्रममा चर्चित कलाकारहरू अभिषेक मोक्तान, निर्मला घिसिङ, उत्तर लामा (संगुल), अनिश योञ्जन, प्रबिन्स मोक्तान, केशर कालिकोटे लगायतले दमदार प्रस्तुति दिएका थिए। साथै, पुष्प जनजागरण सांस्कृतिक परिवारले प्रस्तुत गरेका देउसी–भैलो र आकर्षक नृत्यहरूले दर्शकलाई मन्त्रमुग्ध पारेका थिए।

कार्यक्रमका संयोजक विजय दोङ, व्यवस्थापक मिङमा योञ्जन, सञ्चालक हिरालाल दोङ, र सभापति जिक्तेन मिडिया हाउसका अध्यक्ष चम्पा योञ्जन रहनु भएको थियो।

तिहारको उल्लासपूर्ण वातावरणमा सम्पन्न यस कार्यक्रमले स्थानीय समुदायबीच कला, संस्कृति र सौहार्दलाई अझ मजबुत बनाएको सहभागीहरूले बताएका छन्।

Comments