व्याडमिन्टनमा कवां र खत्रीको टोली प्रथम
कार्तिक ५, २०८२, बुधबार | साँझ ०५:०० बजे | 52
कुमार लघु
भक्तपुर । व्यासी व्याडमिन्टन क्लव र श्रीभक्त कासिछ्वा क्लवको संयुक्त आयोजनामा भएको व्याडमिन्टनमा रमेश कवां र दिनेश खत्रीको टोली विजयी हुनभएको छ । विजयीहरुलाई प्रमुख अतिथि श्रीभक्त क्लवका श्रीभक्त कासिछ्वाले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । कासिछ्वाले प्रथम, दितिय र तृतिय भएकाहरूलाई मेडलले स्वागत पनि गर्नुभयो । त्यस अवसरमा उहाँंले मित्रता कायम रहोस भनेर भन्नुभयो । साथै खेलाडीहरूलाई धन्यवाद दिनुभयो । कार्तिक ३ देखि ५ गतेसम्म आन्तरिक व्याडमिन्टन प्रतियोगितको भएको थियो । कार्यक्रम संयोजक रामवहादुर कासुलाले प्रथम, दितिय र तृतिय भएकाहरूलाई र निर्णायकहरूलाई प्रमाण पत्र वितरण गर्नुभयो ।
वलराम राजचल र आसाकाजी सुवाललाई हराइ रमेश र दिनेशको टोली प्रथम भएको थियो । प्रतियोगितामा तृतिय राजु वासुकला र सुदिन वासुकला तथा सान्त्वना राम बहादुर कासुला र द्रोण राई घोषणा गरेको थियो । फस्ट एम्पायड राजेश खाइतु लाइन, राधेश्याम वासुकला र जज अजेन्द्र कुमार लघु रहनुभएको थियो ।
कार्यक्रममा केदार लघुले नेपाल सम्वत् ११४६ को आत्मियता रहिरहोस् भन्नुको साथै खेलाडी मित्रहरूलाई लक्ष्मी पूजाको उपलक्ष्यमा भएको कार्यक्रममा उपस्थिति भएकालाई धन्यवाद दिनुभयो ।
