भक्तपुरको बुल्चाबाट रातको समयमा २७ जना पक्राउ


कार्तिक ४, २०८२, मङ्गलबार | साँझ ०४:४६ बजे | 1424


भक्तपुरको बुल्चाबाट रातको समयमा २७ जना पक्राउ

भक्तपुर । भक्तपुर नगरपालिका वडा नं. ४ बुल्चामा पैसाको हारजित हुने गरी कौडा खेल्दै गरेका २७ जनालाई प्रहरीले पक्राउ गरेको छ । राति सवा १२ बजे उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । 
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको बुधबार जारी विज्ञप्तिमा जनाइएको छ । उक्त स्थानमा छापा मार्दा २७ जना मानिसहरु पैसाको हारजित हुने गरी जुवा (कौडा) खेलिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । साथै १६ वटा कौडा र नगद रु. नौ लाख २३ हजार नौ सय ६० रुपैया समेत खेलिरहेको स्थानबाट बरामद गरेको प्रहरीले जनाएको छ । जिल्ला परिसर भक्तपुरमा ल्याई उनीहरुमाथि थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ । पक्राउ पर्नेहरुमा ठूला लव्ध प्रतिष्ठित व्यक्तिहरुसमेत परेको जनाइएको छ । तर प्रहरीले नाम भने खुलाएको छैन । 
 

Comments