भाइ टिका : प्रेम र श्रद्धाको पर्व
कार्तिक ६, २०८२, बिहीबार | विहान ०८:०३ बजे | 14
सुनील सापकोटा
बिराटनगर
आज यम पंचकको अन्तिम दिन हो। सोही क्रममा भाइ टिका बारे छोटकरीमा आफुलाइ लागेका कुराहरु हजूरहरु समक्ष राख्छु । हाम्रा चाड पर्वहरुमा खाली पाप पुन्यका रुढीबादी कुरा मात्र छैनन् । यी चाड पर्वहरुमा धेरै कुराहरु जोडिएका पनि छन। यस्मा धार्मिकका साथै अन्य सामाजिक र भावनात्मक नाता सम्बन्धहरु र आपसी माया प्रेम र सद्भावहरुका पक्षहरु पनि जोडीएका छन ।त्यसैले हाम्रा पर्वहरु रमाइलो र मनोरञ्जनात्मक मात्र छैनन् कि यी भित्र सन्देशहरु पनि लुकेर बसेका छन। यसै क्रममा हामि हिन्दुहरुको पौराणिक कथा अनुसार धेरै बर्ष अगाडि आजको दिन हाम्रा परलोक का देवता यमराज अर्थात् धर्मराज आफ्नो बहिनी जमुना कहाँ टिका लगाउन जमुनाको घर गएको हुँदा आज हामीले पनि दिदी बहिनीको घर गएर टीका लगायौ भने अकाल मृत्यु हुँदैन र दिर्घायु हुइन्छ भन्ने हाम्रो धार्मिक मान्यता रही आएको छ । त्यस्तै सामाजिक र घरायसी कुरा गर्दा पनि दिदिबहिनी र दाजूभाइको सम्बन्ध बडो अजिबको सम्बन्ध हुन्छ । केटाकेटी देखि नै दिदिबहिनीहरु एउटै घरमा दाजुभाइ सङ संगै हुर्किने हुँदा यिनिहरुको बिचमा लुगा फाटोहरु बढी घटी किनि दिने कुरामा , मिठो खानेकुराहरुमा , किताब र कपिका कुराहरुमा , खेदकुदका कुराहरुमा, सधैं जसो दाजुभाइ र दिदिबहिनी बिच घरमा झैं झगडा र प्रतिस्पर्धा भै रहेको हुन्छ ।बाबुआमाले हामीहरुलाइ भन्दा दाजुभाइ लाइ बढी माया गर्छन् भन्ने कुरा दिदिबहिनीहरुको मनमा परेता पनि उनिहरु सहेर बसेका हुन्छन् । नेपाली समाज पुरुष प्रधान समाज भएको हुँदा आजको यस आधुनिक समयमा पनि प्रायः जसो घरमा दिदीबहिनीहरु दाजुभाइ सङ दबेरै बसेको देखिन्छ । यसरी एकदिन समयको गतिमा दिदीबहिनीहरुको बिहे हुन्छ र उनिहरु अर्काको घर सधैंका लागि जान्छन् । अनि यो ब्यस्त भागदौड जिवनमा बर्षको एकपटक मात्र टीका लाइदिने, आपसमा कुरा कानी र दु:ख सुख साटा साट गर्ने मौका चाहिँ दिदिबहिनीले आजको दिन मात्र राम्ररी पाउँछन। त्यसैले जसरी भएपनी भाइ टिकाको दिन दिदिबहिनी र दाजुभाइ बिच भेट्घाट हुनै पर्छ भन्ने यो पर्वको सन्देशका साथै धार्मिक र सामाजिक महत्व पनि यो भाइटीकाले बोकेको देखिन्छ । आजको दिन दाजुभाइ र दिदिबहिनीहरु बिच आत्मिय सम्बन्धको सम्झना दिलाउने र उनिहरु बिच प्रेम र श्रद्धा लाई जीवन्त राख्ने दिन पनि हो । इति । २०८२ सालको भाइ टिकाको सबैमा मेरो शुभकामना ।
फाेटाेमा हेर्नुहाेस्...
