विहान भिन्तुना रयालीमा आएकी युवतीको मृत्यु
कार्तिक ४, २०८२, मङ्गलबार | साँझ ०६:२० बजे | 543
मध्यपुर थिमि । भक्तपुरको मध्यपुर थिमिमा मंगलबार विहान भएको नयाँं वर्ष नेपाल सम्वत् ११४६ को भिन्तुना रयाली (शुभकामना रयाली)मा सहभागी एक युवतीको मृत्यु भएको छ । विहान मात्रै रयालीमा सहभागी सुश्री रोजी था श्रेष्ठको निधन भएको हो ।
उनी मध्यपुर थिमि नगरपालिका वडा नं ८ बोदेस्थित प्राइम एकेडेमीकी शिक्षिका हुन् । उनको जन्म २०५७ असोज २२ गते भएको थियो ।
