भक्तपुर नगरपालिकाको लेखा समितिको प्रतिवेदन पारित
माघ २२, २०७७, बिहीबार | दिउँसो ०१:५४ बजे | 40
भक्तपुर। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको भक्तपुर नगरपालिकाको आठौ नगरसभाले भक्तपुर नगरपालिकाको लेखा समितिको प्रतिवेदन २०७७ सर्वसम्मतिले पारित ग¥यो ।
प्रमुख प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले आर्थिक पारदर्शितालाई विशेष ध्यान दिई कार्य गरिरहेको तथा जनप्रतिनिधिहरुलाई आर्थिक अनुशासन कायम गर्न सहयोग पु¥याउने बताउनुहुँदै महालेखाले औंल्याएका कतिपय कुराहरु नीतिगत रुपमा मिलाउन सकिने बताउनुभयो ।
लेखा समितिको प्रतिवेदनबारे छलफलमा सभासद् शिवप्रसाद बालाले आप्mनो धारणा राख्नुभएको थियो भने छलफलमा उठेका जिज्ञासामाथि लेखा समितिका संयोजक हरिप्रसाद बासुकलाले प्रष्ट पार्नुहुँदै महालेखाले औंल्याएका प्रायजसो समाधान भइसकेको र केहि कुराहरु नीतिगत अस्पष्टता रहेकोले स्पष्ट पारी महालेखा परीक्षकको कार्यालयमा लेखी पठाउने प्रष्ट्याउनुभयो ।
नगरसभाको अर्को बैठक माघ २६ गते सोमबार दिनको १ः०० बजे बस्ते गरी स्थगित भयो ।