नेपालीले पाएन्न् १३ महिनादेखि तलब
माघ २२, २०७७, बिहीबार | विहान ०८:४९ बजे | 45
सुर्खेंत । राष्ट्रिय गौरवको भेरी–बबई डाईभर्सन बहुउद्देश्यीय आयोजनाका श्रमिकले पारिश्रमिक नपाएको भन्दै हड्ताल उत्रिएका छन्। १३ महिनादेखिको तलब नपाएपछि आन्दोलन उत्रिएको हुन्। आयोजना परामर्शदाता महाव घोड्स इन एशोसियशन वीथ (इकोकोड) नेपाल मार्फत काम गर्ने श्रमिकले पारिश्रमिक नपाएका हुन् ।
आयोजनामा कार्यरत इन्जिनियर विष्ण्ु मानन्धरले भने, ‘रोजगारदातासँग बक्यौता पारिश्रमिक दिन ६ पटकसम्म लिखित अनुरोध गर्दा समेत सुनुवाई भएन । आखिर आन्दोलनमै उत्रिनु बाहेक विकल्प छैन । ’
बक्यौता रकम भुक्तानी गर्ने सम्झौता गरेको पाँच महिना बितिसक्दा समेत रोजगारदाताले श्रमिकका समस्याप्रति बेवास्ता गर्दै खेलावाड गरिरहेको श्रमिकहरुको गुनासो छ।
इन्जिनियर हर्कबहादुर अइयरले २० जना नेपाली इन्जिनियरले तलब नपाएको बताए। उनले पटकपटक आयोजना प्रमखु हरिनारायण यादवलाई भन्दा पनि केही सुनुवाई नभएको उनी सुनाउँछन्। उनीहरुलाई १३ महिनादेखि तलब नपाएको उनले बताए।
उनले विदेशी कन्र्सटेन्सीको आयोजना प्रमुख र यताको कन्र्सटेन्सी विच विवाद भएपनि यस्तो अवस्था आएको उनी बताउँछन्। विदेशी कर्मचारीले भने तलब पाइरहेको र नेपालीले मात्र नपाएकोमा उनी सुनाउँछन्। बरु तलब दिन नसक्ने भए पहिला नै कामबाट निकालिदिए पनि हुन्थ्यो नि, आयोमेलसंग भने।
उनले भने, ‘काम त प्रभावित भएको छैन । यद्यपी, हामीले आन्दोलन भने जारी राखेका छौँ।’ आयोजनाको कार्यालय अगाडि सोमबारदेखि चरणबद्ध हड्ताल शुरु गरेका हुन् ।
गत असार २२ गते रोजगारदाता र श्रमिकवीच एक वर्षको बाँकी पारिश्रमिक एक महिनाभित्र दिने मौखिक सहमति भएपनि हालसम्म भुक्तानी नदिएको उनीहरुले भनाइ छ ।
यता आयोजना प्रमुख हरिनारायण यादवले भने यो विषयमा बुझ्न खोज्दा मोबाइल अफ छ।