लोकन्थलीबाट हतियारसहित एकजना पुरुष पक्राउ


असोज ३०, २०८२, बिहीबार | राति ०७:४७ बजे | 145


लोकन्थलीबाट हतियारसहित एकजना पुरुष पक्राउ

मध्यपुर थिमि । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. १ लोकन्थली सकुम्बासी बस्तीबाट प्रहरीले हातहतियारसहित एकजना पुरुषलाई पक्राउ गरेको छ । सर्लाही लालबन्दी नगरपालिका वडा नं. ५ घर भई हाल भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. १ लोकन्थली सकुम्बासी बस्तीमा बस्ने वर्ष ४० को गोपाल वि.क. लाई पक्राउ गरेको जनाएको छ । उनको साथबाट ५.५६ केएफ १३ लेखिएको लाइभ राउण्ड थान ७ फेला पारी बरामद गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । पक्राउ परेका उनलाई भक्तपुर जिल्ला अदालतबाट दिन ४ (चार) म्याद थप गरी हातहतियार खरखजना कसुरमा अनुसन्धान भइरहेको परिसरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश जबेगूले जनाए । 
जेन्जी आन्दोलनपछि हतियारसहित पक्राउ परेको सम्भबत भक्तपुरको यो पहिलो घटना हो । यसअघि जन्जी आन्दोलनको क्रममा जगाती प्रहरी बृतलगायतका प्रहरी बृतहरुबाट हातहतियार लुटिएको थियो ।  
 


 

Comments