सकियो ४५ औं नेपाल भाषा साहित्य तःमुंज्याः साहित्यमा कोको भए उत्कृष्ट ?


असोज २०, २०८२, सोमबार | विहान ०९:०६ बजे | 585


सकियो ४५ औं नेपाल भाषा साहित्य तःमुंज्याः साहित्यमा कोको भए उत्कृष्ट ?

भक्तपुर । ४५ औ नेपाल भाषा साहित्य तःमुंज्याको भब्यताका साथ आइतबार भक्तपुर नपा वडानं २ इताछें स्थित नपुखुमामा ब्यापक जनसहभागिता र विज्ञहरुको गहकिलो मन्तब्य र  विभिन्न विद्यालय र पुचबाट सांस्कृतिक प्रस्तुति सहित सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं बरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेंले जेन्जी आन्दोलन भनेको युवाहरुले चलाएको आन्दोलन हो, सिहदरबार, संसद भवन र सर्वोच्च अदालत जलाउने काम छुटाछुटै समुहले गरेको हो भन्नुभयो ।
यसमा विदेशी तत्वको  घुसपैठ हुनसक्ने र त्यसमा प्रजातन्त्र आए पछि पटक पटक सरकारमा गएका एमाले, माओबादी र काग्रेस लगायतका शासक दलहरु जिम्मेवार भएको उहाँंले बताउनुभयो । प्रमुख अतिथि विजुक्छेंले कमजोर सरकार भएको अवस्थामा देशको सार्वभौमसत्तामा प्रहार हुनसक्ने र देश नै बाँकी नराख्ने र विदेशी षडयन्त्र समेत हुनसक्नेप्रति सम्पूर्ण देशभक्त जनता सजग हुनुपर्ने तथा जनताको खवरदारीले मात्र विदेशी पडयन्त्र असफल भई देश जोगिन सक्ने बताउनुभयो ।
अर्का बक्ता नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले साहित्य बहुमत कामदार वर्गको  हितका निम्ती हुनुपर्ने र त्यसले जनताको सेवा गर्नेुपर्ने बताउनुभयो । उहाँले शासक र शोषक वर्गको साहित्यले शोषक वर्गको उत्पीडनलाई पनि जनताको सेवा भनेर दुष्प्रचार गरिरहेको बताउनुभयो । सुवालले अमेरिका र पश्चिमा शासकहरुको साथ र सहयोगले इजरायलले प्यालेष्टिनी जनताको नरसंहार गरिरहेको विश्वकै न्यायप्रेमी जनताले त्यस नरसंहार र पश्चिमा नीतिको विराध गरिरहेको छ भन्नुभयो  ।
भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, खेलकुद, कला संस्कृति र सम्पदा क्षेत्रमा नमूना कार्य गरिरहेको र यसको  देशभर प्रचार भईरहेको र अध्ययनका लागि देशको विभन्न स्थानियतहका जनप्रतिनिधीहरु भ्रमणमा आएको र भक्तपुरबाट सिकेर गएको बताउनुभयो । ४५ औ नेपालभाषा साहित्य तःमुंज्यमा स्वागत भाषण आयोजक समितिका उपाध्यक्ष श्यामसुन्दर मातांले गर्नुभएको थियो ।
असोज १९ गते दोश्रो दिनको नेपाल भाषा साहित्य तःमुंज्याको सभापतित्व नेपाल नर्सिड्ड समाजका अध्यक्ष श्रीमती देविका दनेखुले गर्नुभएको थियो । तःमुंज्याको दोश्रो दिनको कार्यक्रममा नेमकिपाका केन्द्रिय सदस्यहरु नन्दबहादुर शाही, नवराज कोइराला, नेमकिपाका काठमाडौ जिल्ला अध्यक्ष नारायण मर्हजन र साहित्यकार अभय श्रेष्ठ र हरिहर तिमील्सना, सिमाअध्यता रतन भण्डारी, पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाड्ड, इतिहासविद प्राध्यापक डा.पुरुषोत्तमलोचन श्रेष्ठ, ख्वप ईन्जिनियरिड्ड कलेजका प्रध्यापक जताधर झा,  कवि डा. रामप्रसाद ज्ञवाली, भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, भक्तपुर नपाका प्रमुख प्रशासकिय अधिकृत बसन्त भटराईलगायतले कला, साहित्य, संस्कृति , सिमा अतिक्रमण ,राष्ट्रिय अन्तराष्ट्रिय राजनिती र प्यालेस्टाइनमाथि इजरायली आक्रमणबारे चर्चा गर्नुभएको थियो । 
दुई दिनसम्मको साहित्यिक प्रतिस्पर्धामा कवितातर्फ संगिता पंच प्रथम, गंगाराम ज्याख्व दोश्रो, सत्यनारायण सुवाल तेश्रो, लक्ष्मीप्रसाद कासुला र  सुनिता गॉसीले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । कथा विधातर्फ श्रृया पहिजु प्रथम, एलके सुन्दर दोश्रो र सूर्यनारायण फॉजु तेश्रो भएका थिए । निवन्ध विधामा केजी आचार्यले सान्त्वना पुरस्कार जित्न सफल भएका थिए । 
कार्यक्रममा आयोजक समितिका सचिब राजन जतिले धन्यबादज्ञापन र कोषाध्यक्ष प्रनेश बाटीले  दुई दिन भएको तःमुंज्याको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नेपाल भाषा साहित्य तःमुंज्याका केन्द्रीय समिति सचिव नरेश खत्रीले कार्यक्रम सफलताका साथ सम्पन्न गर्नुभएको प्रशन्नता ब्यक्त गर्नुभएको थियो । 
अयोज  १८ र १९ गते  दुई दिन भएको साहित्य सम्मेलनमा दई दिनै बेलुकी सांस्कृतिक कार्यक्रम पनि भएको थियो ।
 

Comments