१ बर्षको बच्चालाई ब्लड क्यान्सर, अभिभावकले सहयोगको लागि अपिल


माघ २०, २०७७, मङ्गलबार | विहान १०:१९ बजे | 55


भक्तपुर । नवलपरासीका एक बर्षको बच्चालाई ब्लड क्यान्सर भएप अहिले भक्तपुर क्यान्सर अस्पताल दुधपाटीमा उपचार गराउँदै छ । नवलपरासी चोरमारा वडा नं. ६ घर भएका २५ बर्षी सुदर्शन चापकोटा र २२ बर्षिय प्रिति चापकोटाका पहिलो सन्तान १ बर्षी साहील चापकोटालाई बिभिन्न थरीको उपचार पश्चात ब्लड क्यान्सर भएको पट्टा लागेपछि अहिले भक्तपुर क्यान्सर अस्पताल दुधपाटीमा आएर उपचार गरीरहेको छ ।


आर्थिक अभावका कारण बिभिन्न संघसस्था तथा ब्यक्तिहरुलाई सहयोगको लागि अपिल गर्दै छन् । घरको आर्थिक अवस्था कमजोर भएका चापकोटालाई उपचारमा दिनको करिव २०,३० हजार खर्च लाग्ने भएकोले आर्थिक अभाव भएको बिरामीका आमा प्रिति कुमाल (चापकोटा)ले बताईन ।
भक्तपुरकै एक संस्था नियोलार्ज श्रेष्ठ फाउण्डेशनले आर्थिक समस्या भएका बिरामीका परिवारलाई खाने बस्ने निशुल्क सुविधाका साथै त्यस्तै पर्यो भने नगद सहयोग पनि गरिरहेको छ । यस संस्थाले उपत्यका बाहिरबाट उपचारको लागि भक्तपुर क्यान्सर अस्पतालमा आएका निम्न बर्गका तथा आर्थिक समस्या भएका बिरामीलाई सहयोग गर्दै आएको संस्थाका सदश्य बबिता श्रेष्ठले बताउनु भयो ।

साहील चापकोटा बालकको लागि पनि संस्थाले औषधी लगायत आवश्यक खर्च दिईरहेको बताउँदै आर्थिक सहयोगको लागि संस्थाको बैकं खातामा वा अभिभावकको बच्चाको आमाको बैंक खातामा सहयोग गरिदिनु हुन बिरामीका आमा प्रिति कुमाल (चापकोटा)ले अनुरोध गरिएको छ ।
कृषि बिकास बैंक दुधपाट्टि भक्तपुर शाखा खाता नं.०२१२२०१७८०८४५०१० नाम प्रिति कुमाल (बच्चाको आमा) संम्पर्क नं. ९८६७—१९८४१३

Comments