दुई दिने ४५ औं नेपाल भाषा साहित्य तःमुंज्या सुरु
असोज १८, २०८२, शनिबार | राति ०७:२१ बजे | 345
भक्तपुर । ४५ औ नेपाल भाषा साहित्य तःमुंज्याको १८ गतेको पहिलो दिनको कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि नेमकिपाका अध्यक्ष एवं बरिष्ठ राजनितीज्ञ ना।ायणमान बिजुक्छेले साहित्यमा पनि राजनिती हुन्छ । साहित्यमा राजनिती हुदैन भन्ने गलत हो राजनिति नगर्ने मान्छे एक्लो हुन्छ । अरुको राजनिती भन्नेको शासन सत्तामामा जाने , अकुट सम्पति कमाउने रहेको तर हामीले जनताको बास्तविक सेवाको लागि राजनिति गर्नुपर्छ । तल्लो बर्गको छोराछोरीहरुलाई ब्यवहारिक ज्ञान दिनुपर्छ । शोषक समान्तले तल्लो बर्गको जनताको हितमा काम गर्दैन भन्नुभयो ।कार्यक्रममा स्वागत भाषण रविन्द्र खर्बुजा गर्नु भएको थियो । कार्यक्रममा सिडीओ नवराज घिमिरे,बरिष्ठ अधिबक्ता कृष्णप्रसाद भण्डारी।,साहित्यकार यचु जोशी , डा. पुकारचन्द्र श्रेष्ठ , बरिष्ठ इन्जिनियर रामविन्दु श्रेष्ठ, डा. विरेन्द्र कायष्ठ कवयत्री बेवी झा, त्रिवि अग्रेजी केद्रिय विभाग प्रमुख तारालाल श्रेष्ठ, कवयत्री इन्दिरा प्रसाई,साहित्यकार नरेन्द्र राज प्रसाई, भक्तपुर नपा प्रम्ख सुनिल प्रजापति तःमुंज्या केद्रिय समितिका आशाकुमार चिकबन्जार र सभापति राजेन्द्र प्रसाद हाडा लगायत कला संस्कृतिको महत्वमा प्रकाश पार्नुभयो । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान गर्नुहुने गोपाल बासुकला, किसान अग्रज बिकुनारायण मात,ां लोक कविका रुपमा संघरत्न शाक्य कनक बाजा गुरु जगतलाल खर्वुजा, गायक तथा संगितकार रवि हाडालाई नेमकिपाका अध्यक्ष का.रोहितले प्रमाणपत्र र नगदपुरस्कार सहित सम्मान गरिएको थियो