खेलकुदसँग प्रधानमन्त्री अन्तरक्रिया कार्यक्रम गर्ने


माघ २०, २०७७, मङ्गलबार | विहान ०९:१७ बजे | 30


खेलकुदसँग प्रधानमन्त्री अन्तरक्रिया
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आज खेलकुदसँग प्रधानमन्त्री अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ।
राखेपले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा दिउँसो १ बजे कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा प्रधामन्त्री केपी शर्मा ओलीले खेलाडी, प्रशिक्षक र खेलकर्मीसँग अन्तरक्रिया गर्ने राखेपले जनाएको छ।
प्रधानमन्त्री ओलीले नेपाली खेलकुदका बारेमा जानकारी लिने र आवश्यक निर्देशन दिने राखेपले जनाएको छ। कार्यक्रममा ओलम्पियन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी, विभिन्न खेलका प्रशिक्षक, विभिन्न सङ्घ संस्थाका पदाधिकारी, कर्मचारीलगायतको उपस्थिति रहनेछ।
युवा तथा खेलकुदमन्त्री दावा तामाङ र सदस्य सचिव रमेशकुमार सिलवालले नेपालको खेलकुदको अवस्थाका बारेमा प्रधानमन्त्री ओलीलाई जानकारी गराउनेछन्। खेलकुदसँग प्रधानमन्त्री कार्यक्रममा खेलाडीले सोझै प्रधानमन्त्रीसँग अन्तरक्रिया गर्न पाउने राखेपले जनाएको छ।

Comments