४५औ त:मुंज्या तयारी बारे बैठक तथा भेला सम्पन्न
असोज १३, २०८२, सोमबार | राति ०८:३७ बजे | 305
भक्तपुर । ४५ औ नेपाल भाषा साहित्य तःमुंज्याको बैठक तथा तयारी सम्बन्धमा सोमबार समिति संयोजक रबिन्द्र खर्बुजाको अध्यक्षमा बैठक तथा भेला सम्पन्न भयो । कार्यक्रममा आयोजक समिती संयोजक रबिन्द्र खर्बुजाले विभिन्न समितिको कार्य प्रस्तुतीबारे आभार ब्यक्त गर्दै बाँकी कार्य थप चालू राख्न अनुरोध गर्नुभयो । उहाँले कार्यक्रम भब्य रुपमा सम्पन्न गर्न स्वंयममसेबक समिती चनाखो हुनुपर्छ भन्नुभयो ।
स्थल ब्यबस्थापन संयोजक श्याम सुन्दर मातांले तःमुंज्यामा सम्मानित हुने ब्यक्तित्व र तःमुज्याको मुखपत्रको तयारीबारे जानकारी दिनुभयो । ४५औं तःमुंज्या आयोजक समिती सचिब राजन जातिले तःमुंज्या भब्य रुपमा सम्पन्न गर्न मंच बनाउने सभास्थल ब्यबस्थापन कार्यमा सम्बन्धित समितिका साथीहरु लागिपरेको बताउदै प्रत्येक घरमा निमन्त्रणा कार्ड पुरयाउनु पर्छ भन्नुभयो । उहाले तःमुंज्या प्रचारार्थ असोज १७ गते महिलाहरुको सहभागितामा दिउँसो ३ बजे सुकुन्दा रायली हुने बताउनुभयो ।
कार्यक्रममा प्रचार समिती संयोजक राजकुमार लघुले २०८२ असोज ७ गते तःमुंज्या प्रचारार्थ पत्रकार भेटघाट भएको र त्यहाँ प्राप्त भएका सल्लाह सुझाब प्रस्तुत गर्नुभयो । साँस्कृतिक समिती संयोजक रत्नकाजी नायभारीले सास्कृती टोलीको छनौट कार्य सम्पन्न भैसकेको जानकारी दिनुभयो ।
साहित्य समिती सयोजक एल के सुन्दरले साहित्यिक प्रशिक्षणले ४० वटा साहित्य प्राप्त भएको र नयाँ पुस्ताबाट पनि साहित्य वाचनका लागि आएको बताउनुभयो । कार्यक्रममा आर्थिक समिती संयोजक प्रनेश वाटी, महिला सहयोग समिती संयोजक तुल्शी लक्ष्मी बाटी, अतिथी सत्कार संयोजक मन्जु लाखा, स्वयम्सेबक संयोजक राम सुन्दर सुजखु, स्वास्थ्यकर्मी संयोजक शर्मिला मानन्धर र मंच ब्यबस्थापन संयोजक पुण्यराम स्वंगमिखा लगायतले आफनो समितिको तयारीबारे बिस्तृत जानकारी दिन्दै बाकी कामबारे बताउनुभयो ।