पुजीवादी व्यवस्थामा भ्रष्टाचार अन्त्य गर्न नसकिने
असोज १०, २०८२, शुक्रबार | राति ०८:४७ बजे | 160
भक्तपुर, १० असोज । ख्वप मा.वि., ख्वप कलेज, शारदा क्याम्पस मा.वि. र ख्वप कलेज अफ ल मा अध्ययनरत विद्यार्थीबिच असोज ८ देखि १० गतेसम्म भएको विभिन्न खेलकुद प्रतियोगिताका विजयी विद्यार्थीहरूलाई पुरस्कार वितरण तथा शुभकामना कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख एवं विद्यालय÷कलेज सञ्चालक समितिका उपाध्यक्ष रजनी जोशीको आतिथ्यमा भएको उक्त कार्यक्रममा उपप्रमुख जोशीले स्वस्थ रहन खेलकुदको महŒवपूर्ण भूमिका हुने भएकोले नियमितरूपमा खेलकुदलगायत विभिन्न अतिरिक्त क्रियाकलाप गर्दै जानुपर्ने आवश्यकता औ“ल्याउनुभयो ।
भनपाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, सरसफाइ र पर्यटनलाई जोड दिई कार्य गर्दै आइरहेको जानकारी दि“दै जनताको निःस्वार्थपूर्वक सेवामा भनपाका जनप्रतिनिधिहरू लागिपरेको उहा“ले बताउनुभयो ।
पु“जीवाद र समाजवादको भेदबारे विचारविमर्श गरिरहनु आवश्यक रहेको चर्चा गर्दै उपप्रमुख जोशीले पुजीवादी व्यवस्थामा भ्रष्टाचार अन्त्य गर्न नसकिने र कामदार जनताको भविष्य समाजवादी व्यवस्थामा मात्र राम्रो हुने बताउनुभयो ।
उहा“ले भन्नुभयो, “हामीले हाम्रो धरातल बिर्सनु हु“दैन । दसै“ बिदामा स्वास्थ्यलाई ध्यानमा राखी खानपिनमा सचेत हुनुपर्छ† सिर्जनात्मक र रचनात्मक कार्यमा दसै“ बिदालाई सदुपयोग गर्नुपर्छ ।”
ख्वप मा.वि.का प्राचार्य लक्ष्मीप्रसाद कर्माचार्यले विद्यार्थीहरूमा अन्तरनिहीत प्रतिभा प्रस्फुटन गर्न ख्वप मा.वि.÷कलेजले विविध गतिविधि गर्दै आइरहेको र आउ“दा दिनमा गर्दै जाने बताउनुभयो ।
परिर्वतनलाई आत्मसात गरी शिक्षक तथा कर्मचारीहरूले युग सुहाउ“दो हुने गरी आफूलाई परिवर्तन गर्न परिश्रम गर्नुपर्ने उहा“ले बताउनुभयो ।
ख्वप कलेज अफ ल का प्राचार्य अनिता जधारीले समसामयिक विषय तथा जेन–जी आन्दोलनबारे आफ्नो धारणा राख्दै सरकारमा गएका पार्टीहरूको दम्भ, अविवेकपूर्ण निर्णयकै कारण भदौ २३ को आन्दोलन भएको धारणा राख्नुभयो ।
कार्यक्रममा ख्वप कलेजका उपप्राचार्य डा. राजेशकुमार श्रेष्ठ, ख्वप मा.वि.का उपप्राचार्य विष्णुप्रसाद किसी, ख्वप मा.वि.÷कलेजका जिन्सी शाखा प्रमुख तुल्सीराम सुवाल र शिक्षक कमिनिका न्याइच्याईले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा अतिथि उपप्रमुख जोशीले खेलकुद प्रतियोगितामा विजयी विद्यार्थीहरूलाई मेडल तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
