भक्तपुरका २० कैदीबन्दी नियन्त्रणमाः पठाइयो कारागार
असोज ९, २०८२, बिहीबार | दिउँसो ०१:२४ बजे | 305
भक्तपुर । भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनको क्रममा भक्तपुरका विभिन्न कारागारहरुबाट भागेका २० जना कैदीवन्दीहरुलाई नियन्त्रणमा लिइएको जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिई केन्द्रिय कारागार कार्यालय जगन्नाथदेव काठमाडौँमा बुझाइएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । परिसकार सूचना अधिकृत डिएसपी ढुण्डीराज नेउपानेले बिभिन्न मुद्दाका कैदीबन्दीहरु फरार भएकोमा यस कार्यालय तथा मातहत कार्यालयबाट खोजतलास गर्ने क्रममा बिभिन्न स्थानहरुबाट उनीहरुलाई नियन्त्रणमा लिएको जनाए । नियन्त्रणमा आउनेहरुमा १ महिला र १९ पुरुष सहित जम्मा २० जना कैदीबन्दिहरु रहेको उनले जनाए । उनीहरु सवैलाई नियन्त्रणमा लिई केन्द्रिय कारागार कार्यालय जगन्नाथदेव काठमाडौँमा बुझाइएको उनले जनाए ।
