पँभो गणेश सिद्धि बुद्धि विम्ह...सार्वजनिक
असोज ७, २०८२, मङ्गलबार | राति १०:०२ बजे | 265
भक्तपुर । पँभो गणेश सिद्धि बुद्धि विम्ह...बोलको गीत मंगलबार भक्तपुरमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको छ । पँभो गणेश खँंचा भजन मण्डल भक्तपुर नगरपालिका वडा नं ७ खँंचा भक्तपुरले निकालेको गीत भक्तपुर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष उकेश कवांले सार्वजनिक गरेका हुन् ।
कार्यक्रमको सभापतित्व पँभो गणेश भजन मण्डलकी अध्यक्ष गंगालक्ष्मी बनमालाको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा गोविन्द बनमालाले पनि बोलेका थिए । कार्यक्रममा गीत बनाउन विभिन्न हिसावले सहयोग गर्ने सहयोगीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।