न भेटेर माया गर्न सक्छु... सार्वजनिक 


असोज ६, २०८२, सोमबार | साँझ ०५:३६ बजे | 375


न भेटेर माया गर्न सक्छु... सार्वजनिक 

भक्तपुर । बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले सोमबार भक्तपुरमा एक कार्यक्रमवीच दिक्षा (गौरी) स्मृति गीतको लोकार्पण गरेका छन् । न भेटेर माया गर्न सक्छु... बोलको गीत सार्वजनिक गरिएको हो । हाडा ब्रडर्स, युट्युव र फेसबुक पेजमार्फत् गीत सार्वजनिक गरिएको हो । दिक्षा (गौरी) हाडा स्मृति प्रतिष्ठान २०७६ को आयोजनामा कार्यक्रम भएको हो ।  
स्वर्गीय दिक्षा (गौरी) हाडाको सम्झनामा गीत तयार पारिएको थियो । गीत लक्ष्मण पलिखेलले रचेका थिए । साथै गीतमा राजेश हाडाको संगीत र रवि हाडाको गायन रहेको छ । गीत संगीतमा विशेष रुचि राख्ने गौरीको युवा अवस्थामै निधन भएको थियो । उनकै सम्झनामा गीत तयार पारिएको हो ।  
कार्यक्रममा शाररिक रुपमा अशक्त प्रिता वल्ललाई सम्मान पनि गरिएको थियो । प्रिता शाररिक अशक्तताले ह्विल चियरमा हिड्न बाध्य छिन् । प्रिताले खुटाले लेखेर पुस्तक तयार पारेकी थिइन् । साथै उनले स्नातक तहसम्मको अध्ययन पूरा गरेकी छिन् ।  
 

Comments