सूर्यविनायकबाट दिउँंसै ८७ लाख रुपैयाँं लुटपाट
असोज ५, २०८२, आइतबार | साँझ ०५:१२ बजे | 10055
भक्तपुर । खसी बेचेर हिड्ने एकजना बृद्धसँंग रहेको ८७ लाख रुपैयाँं लुटपाट भएको छ । काठमाडौंबाट भक्तपुर आउने क्रममा आदर्श बस स्टपमा दिउँंसै उनीसँंग भएको पैसा लुटपाट भएको हो ।
पीडितका अनुसार काठमाडौंबाट धुलिखेल जाने बसभित्र लुटपाट भएको हो । उनका अनुसार गाडीभित्र रहेका मानिसको समूहले लुटपाट गरेको हो । लुटपाट गर्नुअघि आफूलाई कुटपिट गरेको र लुटेर उनीहरु बसबाट ओर्लेर भागेको उनले बताए ।
उनका अनुसार तीनजना युवकहरुको समूहले लुटपाट गरेका हुन् । उनीहरु सूर्यविनायकबाट बस चढेका थिए । उनीहरुबाहेक गाडीभित्र आफू, चालक तथा सहचालक र अरु एकदुई जना मात्रै अन्य यात्रु थिए । आफूलाई कुटपिट गरी लुटपाट मच्चाएर उनीहरु आदर्श वस स्टप नपुग्दै बसबाट झारेर भागेका थिए । त्यसपछि आफू पनि बसबाट तल झरेर रोइकराई गरेको तर त्यहाँं कोही सहयोग गर्ने मानिस नहुँंदा लुटेराहरु भाग्न सफल भएको पीडितले बताए । गाडी भने सरर धुलिखेलतिर रोक्दै नरोकी गएको उनले सुनाए ।
उनका अनुसार घटना भदौ ३० गते दिउँंसो भएको थियो । त्यसपछि आफूले जगाती प्रहरी बृतमा उजुरी हालिसकेको उनले जनाए । उजुरीपछि प्रहरीले सिसिटिभी फुटेज हेरेर बस र बसका चालक तथा सह चालकलाई पनि पक्रेर छोडिसकेको उनले जनाए । उनीहरुले लुटपाट गर्ने मानिसलाई पक्राउ गराइदिने आश्वासनपछि प्रहरीले गाडी र चालक तथा सहचालकलाई छोडिएको उनले बताए । खसी किनेर बेच्नुपर्ने भएकाले आफूले जिउमा धेरै पैसा बोक्नुपरेको उनले जनाए ।
पैसा अहिलेसम्म नभेटिएकाले आफूले राम्ररी खानासम्म खान नसकेको उनले बताए । गाउँंमा घर भएका उनी भक्तपुरको भाटेढुकुरमा एक्लै कोठामा वस्दै आएका छन् ।