जेन्जीहरुको आन्दोलनबारे प्रवचन
असोज ४, २०८२, शनिबार | विहान ०८:०५ बजे | 195
भक्तपुर, असोज । भक्तपुर जिल्ला बक्सिङ संघको आयोजनामा विजया दशमी २०८२ को शुभकामना आदानप्रदान र समसामयिक विषय तथा जेन्जीहरुको आन्दोलनबारे प्रवचन कार्यक्रम नेपाल मजदुर किसान पार्टीका सचिव का.प्रेम सुवालको प्रमुख आतिथ्यतामा लान्चाफल्चा वर्गर हाउसमा शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि प्रेम सुवालले जेन्जीहरुले राखेको भ्रष्टाचार विरुद्धको माग नेपाल मजदुर किसान पार्टीले २०१९ सालदेखि संचालन गरेको बताउँदै भ्रष्टाचारीलाई कालोमोसो दली उल्टो टोपि लगाई धुमाएको इतिहास भएको बताउँदै शासन सत्तामा पुगेका शासकदलहरुले बेवास्ता गर्दा अहिलेको परिस्थिति निम्ति देशको खर्बौंको धनजनको क्षेति व्यहोर्नु परेको बताउनुभयो । उहाँले जनताको पसिनाको करले राजारजौताहरुले मोजमस्ति गरेकोले सामन्तवाद विरुद्धको आन्दोलनले २५० बर्ष इतिहास रहेको राजतन्त्र फालेपनि शासक दलका नेताहरुले पनि सामन्तवाद कै सिको गरी देश र जनताको हितमा काम नगरेको बताउनुभयो । उहाँले देउवाको घरमा जलेको पैसा सामाजिक सञ्जालमा आएको होइन भनि बक्तव्य आएकोले यथार्थ के हो घर जलाउने र त्यहाँबाट बलेको पैसा देखाउने समाचार एजेन्सीले साँचो कुरा बताउनुपर्ने भन्नुभयो । उहाँले सिंह दरवार चन्द्र सम्सेरले बनाएको पछि पैसा लिएर सरकारलाई बेचेको जनताको एैतिहासिक धरोहर जेन्जी आन्दोलनमा धुसपैठ भई तोडफोड र आगजनी गर्नु इतिहास मेट्न काम हुने बताउँदै बरु जुन व्यक्तिले गल्ती गरेको हो त्यसलाई सजाय दिनु पर्नेमा निर्जिव बस्तु सिंहदरवार जलाउनु, सरकारी र निजि सम्पत्ति तोडफोड आगजनी गर्नु, जेलबाट रास्वपाका रवि लामिछाने लगायत कैदी भाग्नु अपराधिक गतिविधि हो भन्नुभयो । उहाँले ३० बर्षमा ५० भन्दा बढी देशमा यस्तो आन्दोलन भएको बताउँदै बंगलादेशमा भएको आन्दोलन अमेरिकालाई टापु नदिएकोले अमेरिकी साम्राज्यवादले गराएको पत्रपत्रिका आएको साथै अमेरिकामा बसिराखेको युनिसलाई ल्याएर शासनसत्ता सुम्पेको काम र नेपालमा शुशिला कार्कीलाई राखेको उस्तै भएको बताउँदै लिविया, सिरिया र इराकमा सदाम हुसेनलाई पदच्युत गर्ने काम अमेरिकाले नै गराएको भन्नुभयो । उहाँले जेन्जी सुदन गुरुङ्गको सामाजिक सञ्जालमा आएको कुरा र दलाई लामाले शुशिला कार्कीलाई बधाई दिनु कसबाट सञ्चालित हो भने कुरा प्रष्ट हुँदै गएको बताउनुभयो । उहाँले संसदमा ठूल्ठूला भ्रष्टचारीलाई फाँसि दिनु पर्ने र भ्रष्टाचारीलाई फाँसि दिने कानुन बनाउन जोड दिएको बताउँदै शासक नेताहरु व्यक्तिगत र दलगत स्वार्थका कारण चुनावको खर्च उठाउन भ्रष्टाचार विरोधि ऐन कानुन फितलो र छुट हुँदै गएकोले जनताले संयमता र धैर्यताको सिमा नाध्दा अहिलेको परिस्थिति निम्तियो भन्नुभयो । उहाँले संसदमा भेट हुँदा शेर बहादुरले पृथ्वी नारायण शाह र जंग बहादुरलाई मान्ने भनेको प्रसंग उठाउँदे काठमाण्डौ उपत्यकाको मल्ल राज्यमा अमेरिका पत्ता नलागेको बेला भार्वाचो गेट बनिसकेको बताउँदै त्यस्तो स्वर्ण युगमा बसेका जनतालाई पृथ्वी नारायण शाहले मित लाएर मित्रघाट गर्ने व्यक्ति भएको र अंग्रेजले भारतमा उपनिवेश बनाई शासन गरेको बेला लखनउ विद्रोहमा सेना पठाई जंगबहादुरले भारतिय जनतालाई दबाईएको पुरस्कार बाँके बर्दिया लगायत चार मुलुक दिएको थियो तर त्यतिबेला सुगौलि संन्धीले गुमेको नेपालको सबै भुभाग नमाग्ने व्यक्ति कसरी मान्ने भनि जवाफ दिएको बताउँदै त्यतिवेला शिक्षा व्यवस्था ध्वस्त बनाई नेपाली जनतालाई शिक्षादिक्षा नदिँदा नेपालले अहिलेसम्म सियो पनि बनाउन नसकेको बताउनुभयो ।
कार्यक्रम भक्तपुर जिल्ला बक्सिङ संघका अध्यक्ष रामकृष्ण प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल बक्सिङ महासंघका कोषाध्यक्ष गौतम सुजखु र भक्तपुर जिल्ला बक्सिङ संघका सचिव साजन लघुले पनि बोल्नुभएको थियो ।
