अनलाईन कक्षाबारे शिक्षक र अभिभावक !
जेठ २९, २०७७, बिहीबार | विहान ०४:१३ बजे | 5
राकेश सुकुपायो
(एउटा प्राईभेट स्कूलको शिक्षक र अभिभावक बिचको फोनबार्ता)
ऋभिभावक ः हेलो सर । नमस्कार ।
शिक्षक ः नमस्कार, नमस्कार । भन्नुस !
अभिभावक ः सर हाम्रो बच्चाहरुको लागी पनि अनलाईन क्लास चलाउनु प¥यो !
शिक्षक ः तपाईका नानीहरु त भर्खरै १र २ कक्षामा पढ्ने होइन र ??
अभिभावक ः हो सर ! त्यै भनेको सर, बच्चाहरु फुर्सदमा भएर हैरान भयो ।
शिक्षक ः अं..... साना साना नानिहरुको लागी यस्तो अनलाईन कक्षाहरु त उपयुुक्त देखिन्न त्यसैले हाम्रो स्कूलले यस्तो साना नानिहरुका लागी अनलाईन कक्षाहरु व्यवस्था गरेको छैन ।
अभिभावक ः सर यता छिमेकिको सन्तानका फलानो स्कूलले त प्लेग्रुपदेखी नै अनलाईन क्लास चलाईरहेको छ । हाम्रो नि गर्नुप¥यो ।
शिक्षक ः त्यस्तो अनलाईन कक्षा चलाउने ठूलो कुरा होइन । साना नानिहरुको लागी उपयुुक्त देखिदैन ! फलानोले चलायो भन्दैमा अनुपयुक्त कार्य नगरौं । हतार नगरौं , स्कूल खुल्ने बेला हामी राम्रैसंग पढाउँला नि !
अभिभावक ः तपाईहरु चलाउनुस न सर ! हामी सकेको सहयोग गरौंला !। यहाँ घराँ बच्चाहरु खेलेर मात्रै हैरान पारिसके ! चिनेका अक्षरहरु नि बिर्सिन लागे !
शिक्षक ः बच्चाहरुको खेल्ने कुद्ने उमेर नै हो । खेलाउनुस न । अक्षरहरु त यस्तो संकटकालिन समयमा तपाईहरुले नै अलि अलि चिनाउदै गराउदा हुन्थ्यो कि ? हेरौं तपाईहरुको यस्तै चाहना हो भने चलाउला, भयो अब !
अभिभावक ः हस सर। सकेसम्म चाँडो चलाउनुस ।धन्यवाद सर ! नमस्कार । ल राख्छु ।
शिक्षक ः हस त धन्यवाद तपाईलाई सुझाबको लागी !
(अभिभावकहरुको अनुरोधमा स्कूलले अनलाईन कक्षा शुरु गर्ने समय तालिकासहित सूचना प्रकाशित गर्छ । कक्षाहरु शुरु पनि हुन्छ । केहि दिनपछी फेरि उहि अभिभावकको फोन आउछ शिक्षकलाई ) )
अभिभावकस् हेलो सर नमस्कार !
शिक्षक ः नमस्ते हजुर । भन्नुस !
अभिभावक ः सर हामिलाई त आपतै प¥यो ।
शिक्षक ः मैले कुरा बुझिन त !
अभिभावक ः त्यै त सर ! मेरा दुईटा बच्चाहरु अनलाईन कक्षामा बस्नै चाहेन । शुरु शुरुमा एक दुई दिन सजिलै बसे तर अहिले मान्दै मानेनन । उनिहरुको लागी एउटै मोबाईलमा कक्षा हुने रहेछ । हामिसंग ल्यापटप नि छैन ।फेरि सवै कामहरु हामी अभिभावकले नै गरिदिनुपर्ने , क्लास नसकिन्जेल कुरिरहरनुपर्ने रहेछ नि ! अनि क्लासको रुटिन पनि नमिल्ने हाम्रो लागी ! हामिलाई त गाह्रो भो । फेरि नेट पनि अर्काको घरबाट ल्याएको छिनछिनमा चल्ने नचल्ने भैरहन्छ । त्यसैले समस्या नै भयो !
शिक्षक ः अब हामिले के सहयोग गर्नुप¥यो ?
अभिभावक (लामो सास तान्दै)स् यस्तो समस्या आउने थाहा थिएन । सरले त अस्ति नै उपयुुक्त हुँदैन भन्नु भएको थियो । मैले कुरै नबुझी भनेछु । (हाँस्दै) यो क्लास त बच्चाहरुको लागी भन्दा हामी अभिभावकहरुको लागी हो कि जस्तो भान भयो । मेरा नानिहरुलाई चै नराखम भनेर फोन गरेको !
शिक्षकस् अस्ति नचलाऔं भनेको थिएँ, तपाईहरुले नै फलानाले त चलायो, फलानाले यस्तो ग¥यो भनेर भन्नुभयो । त्यसैले तपाईहरुकै सुझाब अनुसार चलाएको हो । अनलाईन कक्षाहरु भलै कलेजका विद्यार्थीहरुलाई उपयुुक्त होलान तर साना नानिहरुको लागी उपयुुक्त देखिदैन । अब के गर्ने हामिले नि ? अनलाईन कक्षा नचलाए स्कूललाई नै नराम्रो सोच्ने देखियो । स्कूलको गुडविलको लागी भए पनि चलाउनुप¥यो । बाध्यताले भए नि चलाउनुप¥यो त । तपाईका नानिहरुलाई अनलाईन कक्षामा राख्न नसके नराख्नुस । अनलाईन कक्षामा नराख्नु भन्नुको अर्थ सिकाइ नै बन्द गर्नु भन्नु होइन नि ! घरकै काममा अभ्यस्त बनाई व्यवहारिक ज्ञानको सिकाइ गर्नुस ! बालबालिकाको घर नै पहिलो पाठशाला हो र अभिभावक पहिलो शिक्षक हुन । हुन्छ, तपाईले सकिनसकी अनलाईन कक्षामा राख्नु आवश्यक छैन है ! उपयुक्त पनि होइन !
अभिभावक ः धन्यवाद छ सर हजुरलाई । पछि स्कूल खुल्ने बेला बच्चाहरु पठाम्ला ! अहिलेलाई राख्छु । धन्यबाद सर!
शिक्षकस् हुन्छ । तर तपाईहरुले यति बुझ्नुस्!अनलाईन कक्षा वैकल्पिक शिक्षण माध्यम मात्रै हो दिगो सिकाइ माध्यम होइन त्यसैले अनिवार्य बसाउनु पर्छ भन्ने छैन । अनि फलानोले स्कूलले चलायो त्यो स्कूल राम्रो होलान, फलानोले चलाएन नराम्रो स्कूल होलान भनेर मूल्यांकन गर्ने बानी त्याग्नु पर्छ । अनलाईन कक्षालाई फेशन सो जस्तो नबनौं ।
हस हुन्छ । तपाईहरु सुरक्षित रहनुस। ल फोन राखें । धन्यवाद !
(यो वार्तालाप काल्पनिक होइन वास्तविक घटनामा आधारित छ ।)