तामाङ चिकित्सक समाजको ल्होछार सुभकामना आदानप्रदान
माघ १८, २०७७, आइतबार | दिउँसो ०२:०१ बजे | 40
काठमाडांै । तामाङ चिकित्सक समाज नेपालले २८५७ औं म्हे÷लाङ ल्होछारको अवसरमा तामाङ अग्रज तथा बुद्धिजीबीहरुसँंग परिचयात्मक तथा ल्होछार सुभकामना आदानप्रदान कार्यक्रम एक समारोहबीच सम्पन्न गरेको छ । कार्यक्रममा नेपाल तामाङ घेदुङ संघका केन्द्रिय अध्यक्ष मोहन गोलेले तामाङ घेदुङकोबारेमा जानकारी दिंदै तामाङ चिकित्सकहरु एकजुट भई तामाङ संस्कार संस्कृतिलाई संरक्षण गर्न सकोस् र स्वास्थ्य क्षेत्रमा राम्रो योगदान दिन सकून भन्ने सुभकामना व्यक्त गरे ।
चिकित्सक समाजका अध्यक्ष डा दिलबहादुर लामा थोकरले नेपाल तामाङ घेदुङसँंग सहकार्य गरी कार्यक्रम गर्न पाउनु र्गको विषय भएको र निकट भविष्यमा तामाङ युवा तथा विद्यार्थीको लागि ठोस योजना ल्याउने र व्यवसायिक कार्य क्षमताको अभिबृद्धि गर्ने कार्यक्रमहरु ल्याउने जानकारी दिए ।
कार्यक्रममा खेन्पो डा सोनाम ग्युर्मी लामा, भाषा आयोगका सहसचिव लोकबहादुर लोप्चन, नेपाल तामाङ घेदुङका संघीय महासचिव मोहितकुमार लामा (बाबु घिसिङ), डा मुक्त सिंह लामा थोकर, भाषाविद् अमृत योञ्जन, अन्तर्राष्ट्रिय तामाङ परिषदका वरिष्ठ उपाध्यक्ष टासी लामा, नेपाल तामाङ युवा घेदुङका संघीय अध्यक्ष विलाम मोक्तान, घेदुङका संघीय उपाध्यक्ष कुमार घिसिङलगायत कानुन व्यवसायी, निर्माण व्यवसायीहरुले मन्तव्य राखेका थिए ।