४५ औ नेपाल भाषा साहित्य तःमुंज्या सफल पार्न महिला भेला
भदौ २८, २०८२, शनिबार | राति ०८:३० बजे | 270
भक्तपुर । ४५ औं नेपाल भाषा साहित्य तःमुंज्या आयोजक समितिको आयोजनामा अहिलेसम्मका तयारी र अतिथि सत्कारमा महिलाहरुको भूमिका सम्वन्धमा छलफल गर्न आज महिला भेला सम्पन्न भयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सदस्य तथा भक्तपुर नगरपालिका मेयर सुनिल प्रजापतिले ४५ औ नेपालभाष साहित्य तःमुज्या सफल पार्न महिला लगायत सम्पुर्ण तप्काका जनताको अमुल्य सहयोग आवश्य पर्ने बताए । अझ महिला दिदीवहिनीहरुले तःमुज्यामा आउने विभिन्न क्षेत्रका विज्ञहरुलाई राम्रो अतिथि सत्कार गर्नपर्ने उनले बताए । त्यसका लागि अतिथि सत्कारका विषयमा तालिम लिइरहनुपर्ने उनले बताए ।
प्रजापतिले वर्तमान सरकार नेपालको संविधाननुसार अबैधानिक भएकोले अदालतमा संसद स्थापनाका लागि मुद्धा परेमा संसद व्युतिन सक्ने भन्दै नेपालको संविधाननुसार प्रतिनिध सभाका सदस्यमात्र प्रम बन्न सक्छ र प्रतिनिधीसभाबाट बन्नेका प्रमले मात्र संसद विघटनको शिफारिस गर्न सक्ने बताए । जेन्जीको आन्दोलनमा अमेरिका समर्थित विभन्नि एलनजओ आइनजिओमा कार्यरतको नेतुत्वमा रहेको उनले बताए । उनले नेपाल भाषा साहित्य तःमुज्यामा सबै विषयका विज्ञहरु आउन लालायित हुने भएकोले नेपाल भाषा साहित्य तःमुज्या जनताले पढने विश्व विद्यालय हो भने ।
कार्यक्रममा ४५ आंै नेपाल भाषा साहित्य तःमुंज्याका सचिव राजन जतिले ४५ औं तःमुज्याको तयारीबारे जानकारी तःमुज्यामा उल्लेखिय सहभागिताका लागि तःमुंज्याको अघिल्लो दिन महिलाहरुको सहभागितामा सुकुण्डा याली आयोजना हुने जनाए । तःमुंज्या सफल पार्न साहित्यिक समिति, अर्थिक समिति लागायत अन्य १२ वटा समिति क्रियाशिल भएको र २०८२ असोज १ गते तःमुंज्या आयोजना स्थल नःपुखमा सरसफाइ कार्यक्रम हुने भएकोले सहभागिताका लागि अनुरोध गरे ।
कार्यक्रमका सभापति पैतालिसौ नेपालभाषा साहित्य तःमुंज्याका अध्यक्ष रवीन्द्र खर्बुजाले असोज १८ र १९ गतेका कार्यक्रम सहितको निमन्त्रणा कार्ड तयार भएको र लसकुस गीत पनि तयार भई रेकर्डिको प्रयास भइरहेको बताए । कार्यक्रममा अतिथि सत्कार समितिका संयोजक मञ्जुमैया लाखा र तुल्सी लक्ष्मी बाटीले तःमुज्या सफल पार्न महिलाहरुको भूमिका विषयमा प्रष्ट पारेका थिए ।
