भक्तपुरको अभिभावक संघमा अध्यक्ष प्रजापति


माघ १८, २०७७, आइतबार | विहान ०६:५० बजे | 25


भक्तपुर । अभिभावक संघ नेपाल जिल्ला कार्यसमिति भक्तपुरको २० औं साधारण सभा तथा अधिवेशन नेपाल अभिभावक महासंघका केन्द्रीय अध्यक्ष श्री सुप्रभात भण्डारीको प्रमुख आतिथ्यतामा भनपा १० चोखा निर रोम्बस स्कूलमा शनिवार सम्पन्न भयो ।

कार्यक्रममा प्रमुख अतिथि सुप्रभात भण्डारीले असी प्रतिशत विद्यार्थी पढ्ने सामुदायिक स्कुल राम्रो नभएसम्म हाम्रो देश राम्रो हुन नसक्ने बताउनुभयो । उहाँले अभिभावकका अगुवा कार्यकर्ताले समग्र बालबालिको व्यवस्थापन गर्न तम्तयार हुने भएकोमा बधाईका पात्र भएको भन्दै शिक्षाले ज्ञान र गतिशीलता प्रदान गर्ने बताउनुभयो । उहाँले गरिब अभिभावकहरुले आफ्नो छाक काटेर भएपछि आफ्ना बालबालिकाहरुलाई शिक्षा दिनु पर्छ भने चेतन आएकोले संस्थागत विद्यालयमा अध्यापन गराएकोमा संस्थागत विद्यालयले अभिभावकहरुको ढाड सेक्ने गरी शुल्क बृद्धि गरेर शिक्षालाई व्यापारीकरण गरेको बताउनुभयो ।
[[img3]]
उहाँले शिक्षाले जीवनमा परिवर्तन ल्याउने, रोजिरोटी र व्यवसायको मर्यादा राख्न सिकाउनु पर्नेमा हाम्रो शिक्षाले बिद्यार्थीहरुलाई विदेश पलायनको बाटोमा दोराएको बताउनुभयो । हाम्रो शिक्षाले शीप, रोजगारी, कर्तव्य पालन र सम्मान गर्न सिकाउनु पर्ने र आफुभन्दा ठूलालाई आदर र आफुभन्दा सानालाई माया गर्ने हुनु पर्नेमा बताउँदै कृषि उब्जनी बढाएर देशको कुल ग्रहस्थ उत्पादन बृद्धि गर्न टेवा पु¥याउने बनाउनु पर्ने बताउनुभयो । उहाँले हाम्रो देशमा कंक्रितको शहर बनाएर विदेशबाट तरकारी आयात गर्नु पर्ने अवस्थाको शिक्षाले व्यवसाय धरासायी बनाएको र भ्रष्ट्रचार बढाएको बताउनु भयो ।
उहाँले शिक्षाले सुसँस्कृत बनाउने, चेतनास्तर बृद्धि गर्ने, शिक्षालाई जिबनसंग जोड्ने साथै उत्पादन श्रमसंग मिलाउने शिक्षा हुनु पर्ने बताउँदै अहिले गमलामा पानी हाल्न नसिकाउने, नेताहरुलाई भष्ट्र बनाउने शिक्षा नीति बदल्नु पर्ने बताउनुभयो । उहाँले शिक्षाले राजनीति कर्मीहरुलाई सुसँस्कृत बनाउएको भए देशै राम्रो हुन बताउँदै गलत राजनीतिले गर्ना शिक्षक समायोजन हुन नसक्दा कतै शिक्षक बढी कतै विद्यार्थी बढी भएको बताउनुभयो । उहाँले देशका धेरै स्थानीय सरकारहरु विकाउ भएको आरोप लगाउँदै निजि विद्यालयले स्थानीय सरकार संचालन भई रहेको बताउनुभयो । उहाँले निजि बिद्यालयका संचालकहरु पैसा भरमा नीति निर्माण गर्ने थलो सांसद समेत भएकोले त्यस्तो विद्यालयले के शिक्षा दिने हो भने प्रतिप्रश्न गर्नुभयो । उहाँले युगले खोजेको शिक्षा विदेश पलायन हुन नपर्ने गरी देश मै उक्त सुविधा र प्रविधिहरु उपलब्ध गराउनु पर्ने बताउँदै सरकारमा गएका दलहरुले शिक्षालाई प्रथामिकतामा नराखेकोले अहिलेको फेलर शिक्षा नीतिको समिक्षा आवश्यक भएको र दण्ड पुरस्कारको समेत व्यवस्था हुनु पर्ने बताउनुभयो ।
कार्यक्रममा अभिभावक संघ नेपालका केन्द्रीय अध्यक्ष केशब पुरीले यस संघले शिक्षा नीति, नियमावली अभिभावकहरुको हितमा बनाउने आवाज उठाएको, कोभिड १९ बाट ग्रसित संस्थागत विद्यालयलाई उकास्न सहुलियत ऋणको लागि सरकारसंग माग गरेको, अभिभावक, विद्यालयको समस्या समाधानमा सहजिकरण गरेको, विद्यालय बन्द गर्ने बिपक्षमा रही विद्यालय शान्ति क्षेत्र घोषणाको लागि पहल गरेको, संस्थागत विद्यालयमा सुविधा नदिएको समेतको शुल्क समावेश गरी अभिभावक ठग्ने विरुद्ध संघर्ष गरेको बताउनुभयो ।
कार्यक्रममा संस्थागत विद्यालय अभिभावक संघका अध्यक्ष सुबास भण्डारीले अभिभावक द्वन्द्वको पक्षमा नरहेको, विद्रोही र प्रतिपक्ष नभएको बताउँदै विद्यालय र अभिभावकको समस्या समाधान गर्न अभिभाक संघको आवश्यकता परेको बताउनु भयो । उहाँले सरकारले नै जबजस्ती संस्थागत विद्यालयलाई व्यवसायमा धकेलेको बताउँदै उद्योग र कम्पनीमा विद्यालयलाई दर्ता गराएपछि सेवामुखि कसरी हुन सक्छ भन्नुभयो ।
[[img2]]
कार्यक्रम अभिभावक संघ नेपाल जिल्ला कार्य समिति भक्तपुरका अध्यक्ष मणिरत्न बज्राचार्यको सभापतित्वमा भएको कार्यक्रममा रोम्बस स्कूलका प्रिन्सिपल राजेन्द्र कोजू, यस संघका सचिव रामकृष्ण प्रजापति, उपाध्यक्ष राम सुवाल, सह सचिब आशराम सुवाल, कोषाध्यक्ष कृष्णप्रसाद दुमरु, सदस्य पवित्रा मानन्धरले पनि बोल्नु भएको थियो भने रामकृष्ण प्रजापतिको अध्यक्षतामा २१ सदस्यीय भक्तपुर जिल्ला समिति गठन गरियो ।

फाेटाेमा हेर्नुहाेस्...

Comments